logo

२०८१ मंसिर ६ बिहिबार

logo
  • बिहिबार, ६ मंसिर २०८१
  • नयाँ सरकार पनि संविधान नमिची बनाउनु होला : प्रधानमन्त्री

    नयाँ सरकार पनि संविधान नमिची बनाउनु होला : प्रधानमन्त्री

    490
    Shares
    नयाँ सरकार पनि संविधान नमिची बनाउनु होला : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संसद बचाउन नेपाली कांग्रेसलाई आग्रह गरेका छन् । प्रतिनिधि सभाको शुक्रबारको बैठकलाई सम्बोधन गर्दै उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै संविधान नकुल्चेसम्म बहादुर भइँदैन भन्ने मान्यता बोकेकाहरुले संसद नै निल्ने प्रयास गर्ने बताए ।

    उनले कांग्रेसलाई संविधान मिच्नेतिर नलाग्न आग्रह गरे । उनले नयाँ सरकार पनि संविधान नमिची बनाउन आग्रह गरे ।

    उनले भने, ‘म काँग्रेस–एमालेका साथीहरूलाई पनि सहकार्यको बधाइसहित केही भन्न चाहन्छु । तपाईहरू संविधान मिच्नतिर नलाग्नुहोला । नयाँ सरकार पनि संविधान नमिची बनाउनुहोला । कांग्रेसका साथीहरूलाई बेग्लै मेरो अनुरोध छ, कृपया संसद चाहिँ बचाउनुहोला । संविधान नकुल्चेसम्म बहादुर भइँदैन भन्ने मान्यता बोकेका साथीहरूले संसद नै निल्ने प्रयास गर्न सक्छन् । हिजो हामी मिलेर जोगाएका हौं । अब पनि जोगाउनुहोला र आफू पनि जोगिनुहोला ।’

    प्रधानमन्त्री दाहालले विगतमा संसद काँग्रेस र नकेपा (माओवादी केन्द्र) मिलेर जोगाएको भन्दै अब पनि जोगाउन आग्रह गरे ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend