बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

बेचन झा र प्रतिक थापालाई पक्राउ गर्दा सरकार ढल्योः गृहमन्त्री लामिछाने

बेचन झा र प्रतिक थापालाई पक्राउ गर्दा सरकार ढल्योः गृहमन्त्री लामिछाने

प्रतिनिधिसभा बैठक – उपप्रधानमन्त्री लामिछाने काठमाडौँ, २८ असार ः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त प्रस्ताव राखेपछि पार्टीगत धारणा राख्दै उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने । तस्बिर ः रत्न श्रेष्ठ÷रासस

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले बेचन झा र प्रतिक थापालाई पक्राउ गरेका कारण वर्तमान सरकार ढालिएको बताएका छन् । शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले फाइल खुलेको २४ घण्टामा सरकार ढालिएको बताएका हुन् ।

उनले केही नियुक्ति, बेचन झा र प्रतिक थापाको पक्राउ बाहेक सरकार ढल्नुको अर्को कुनै कारण नभएको बताए । उनले अदालतले पक्राउ पुर्जी जारी गरेको मान्छेलाई राज्य व्यवस्था तथा सुशासन समिति सभापतिले भेटेको भन्दै सुशासनको अपेक्षा गर्ने भनि प्रश्न समेत गरे । उनले संसदीय समितिमा कांग्रेस एमालेको बहुमत पुग्ने भन्दै आफुलाई सहकारी ठग प्रमाणित गरेर कारबाही गर्न चुनौती दिए ।

उनले भने– ‘फाइल खुलेको २४ घण्टामा सरकार ढाल्नुभयो । कसरी खोल्ने फाइल ? सरकार के कारणले ढल्यो ? हाम्रो सहमती के भयो भनेर तपाईहरुले सदनलाई ढाट्नुभयो । यो देशको बच्चा बच्चालाई थाहा छ सरकार किन ढल्यो ? यो देशको बच्चा बच्चालाई थाहा छ कसका कारणले सरकार ढल्यो ? स्पष्ट छ । केही नियुक्ति र बेचन झा, प्रतिक थापाको पक्राउ बाहेक यो सरकार ढलेको अर्को कुनै कारण जनतालाई थाहा छैन । तपाईहरुले आफुले गरेको सहमती खल्तीमा हाल्नुभएको छ । देखेका छैनौँ ।

मलाई दुःख लाग्छ राज्य व्यवस्था तथा सुशासन समितिका सभापति अदालतले पक्राउ पुर्जी जारी गरेको अदालतलाई भेट्न गएर भन्नुहुन्छ, म तपाईको पक्षमा छु । तिनीहरुले गलत गरे म तिनीहरुलाई ठिक पार्छु भनेर राज्य व्यवस्था तथा सुशासन समितिको सभापति सिंगो पार्टीको सांसद बोकेर जानुहुन्छ । सुशासनको अपेक्षा गर्ने ? अब त संसदीय समितिमा पनि तपाईहरुको बहुमत भयो होला ।

अब त मलाई ठग प्रमाणित गर्न तपाईहरुलाई कुनै आपत पनि पर्दैन होला । गर्नुस् ठग प्रमाणित । यो देशमा कोही न कोही त जेल जानैपर्छ । सुरुवात् म बाट गर्नुस् म तयार छु । तर सत्यबाट विमुख हुनेवाला छैन । कोही न कोही त जेल जानैपर्छ । सुरुवात मबाटै गर्नुस् । मैले औपचारिक उद्घाटन गरे नेपालगञ्जमा एउटा जेल । भ्रष्टलाई जेल हाल्छु । सुशासनको एजेण्डा लिएर । यो व्यवस्था जोगाउनको निम्ति ज्यान दिन तयार छौँ । यसलाई तलमाथि पार्न दिँदैनौँ ।’

गृहमन्त्री लामिछानेले अनुसन्धानको सुई कसैको ढोका ढक्ढकाउन थालेपछि दुई ठुला दललाई संविधानको याद आएको टिप्पणी गरे ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend