logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने

    राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने

    686
    Shares
    राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने

    काठमाडौं । राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ । शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने बताएका हुन् ।

    उनले कांग्रेस–एमालेबीच भएको सत्ता समिकरणलाई पनि समर्थन नगर्ने भन्दै तटस्थ बस्ने जानकारी दिए । उनले आफ्नो पार्टी कुनै व्यक्ति वा पार्टीको विरुद्धमा गएको नभई तत्कालिन विषयवस्तुहरुको आधारमा निर्णय गर्ने गरेको बताए ।

    उनले भने – ‘पहिला पनि तपाईहरु भएभरका सांसदहरुले वर्तमान प्रधानमन्त्रीलाई भोट दिदाँखेरी उहाँको बालकोट यात्राले गर्दाखेरी राष्ट्रिय जनमोर्चाले भोट दिएको थिएन । त्यहाँबाट फर्किएर आएपछि त समर्थन गर्यो नि त । त्यसो भएको हुनाले यो कोही पार्टीप्रतिको पूर्वाग्रह होइन । हामीले यो लोकतन्त्र, गणतन्त्रलाई जोगाउन सक्छौँ कि सक्दैनौँ ? संकट यसमा छ । प्रधानमन्त्री बालकोट जाँदाखेरी समर्थन नगर्ने, अनि ९० सिटवाला पार्टीको नेता अहिले बालकोट जाँदाखेरी राष्ट्रिय जनमोर्चाले समर्थन गर्छ ? दुईथरीलाई नै गर्दैन । त्यो प्रष्ट भए हुन्छ ।

    बालकोटसँग पूर्वाग्रह भएर होइन नि । बालकोटले हो मलाई उपप्रधानमन्त्री बनाएको साँच्चै भन्ने हो भने त । जसले उपप्रधानमन्त्री बनायो त्यसको विरुद्धमा राष्ट्रिय जनमोर्चाले किन आलोचना गरिराखेको छ ? कतिपय साथीहरुलाई नराम्रो लाग्छ । व्यक्तिगत, पार्टीको रिस हो र ? त्यतिखेर गरेको काम ठिक हो कि होइन ? त्यो हो ।’

    उनले आफ्नो कसैसँग व्यक्तिगत पूर्वाग्रह नभएको स्पष्ट पारे ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend