काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शीतल निवासबाट निजी निवास खुमलटार गएका छन् । प्रधानमन्त्री प्रचण्ड खुमलटार पुग्दा स्थानीयले उनलाई स्वागत गरेका छन् ।
उनी प्रधानमन्त्रीबाट पदमुक्त हुने बित्तिकै राष्ट्रपति भेटेपछि बालुवाटार छाडेका हुन् ।
प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न नसकेका प्रधानमन्त्री प्रचण्ड शुक्रबार ललितपुरस्थित निजी निवास खुमलटारमा पुग्दा स्थानीय तथा कार्यकर्ताले स्वागत गरेका हुन् ।