काठमाडौं । नेपाली कांग्रेसले पाउने कूलमध्ये शेखर कोइराला–गगन थापा समूहले चार मन्त्रीको माग गर्ने भएको छ । विशालनगरस्थित कोइरालाको सचिवालयमा बसिरहेको बैठकले यस्तो निर्णय गरेको हो ।
उक्त बैठकले मन्त्रीको चयन गर्ने अधिकार शेखर कोइराला, गगन थापा र धनराज गुरुङलाई दिएको छ ।
बैठकमा शेखर कोइराला, गगन थापा, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, अर्जुननरसिंह केसी, बलबहादुर केसी, दिलेन्द्र बडू, डा मिनेन्द्र रिजाल र डा चन्द्र भण्डारीलगायत नेताहरु सहभागी छन् ।