बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

बाढी पहिरोले भएको जनधनको क्षतीप्रति जसपा नेपालद्वारा दुख व्यक्त

बाढी पहिरोले भएको जनधनको क्षतीप्रति जसपा नेपालद्वारा दुख व्यक्त

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले केही दिनदेखि भइरहेको अविरल वर्षाका कारण देशको विभिन्न स्थानमा बाढी पहिरोले भएको जनधनको क्षतीप्रति दुख व्यक्त गरेको छ ।

आइतबार विज्ञप्ति जारी गरी प्राकृतिक विपद्मा परी घाइतेहरुको उपचारको सम्पूर्ण व्यवस्था तथा पीडित परिवारलाई यथाशीघ्र राहतको व्यवस्था गर्न जसपा, नेपालले सरकारसँग आग्रह गरेको छ ।

प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा जुट्न पार्टी सदस्यहरु तथा भ्रातृ संगठनहरुलाई अपिल गरिएको छ ।

पार्टीले बाढी, पहिरो, डुबानलगायतका प्राकृतिक विपद्मा ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै समस्त शोकाकूल परिवाजनमा समवेदना प्रकट गरेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend