बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

केपी ओली प्रधानमन्त्रीमा नियुक्त, शपथ सोमबार

केपी ओली प्रधानमन्त्रीमा नियुक्त, शपथ सोमबार

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पदमा नियुक्त भएका छन् । ओली आइतबार संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त भएका हुन् ।

प्रचण्ड नेतृत्वको सरकार ढलेसँगै राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार साँझ नयाँ सरकार गठनका लागि आइतबार बेलुका ५ बजेसम्मको समय दिएर आह्वान गरेका थिए ।

ओलीले राष्ट्रपति भवन शीतल निवासमा कांग्रेस र एमालेको १६६ सांसदको समर्थनमा शुक्रबार राति नै प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए ।

राष्ट्रपति पौडेलले संविधानको धारा ७६ (२) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेपछि ओलीको नेतृत्वमा सरकार बन्ने बाटो खुलेको थियो ।

नवनियुक्त प्रधानमन्त्री ओलीको शपथ सोमबार बिहान ११ बजे हुने तय भएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend