logo

२०८१ मंसिर ६ बिहिबार

logo
  • बिहिबार, ६ मंसिर २०८१
  • गुण ग्रुपले साढे ६ अर्बमा पाँचतारे द म्यासिफ होटल बनाउँदै, अर्को वर्ष सञ्चालन हुने

    गुण ग्रुपले साढे ६ अर्बमा पाँचतारे द म्यासिफ होटल बनाउँदै, अर्को वर्ष सञ्चालन हुने

    665
    Shares
    गुण ग्रुपले साढे ६ अर्बमा पाँचतारे द म्यासिफ होटल बनाउँदै, अर्को वर्ष सञ्चालन हुने

    काठमाडौं । गुण ग्रुप अफ कम्पनीले साढे ६ अर्ब रुपैयाँ लगानीमा ललितपुरको ग्वार्कोमा पाँचतारे द म्यासिफ होटल निर्माण गरिरहेको छ ।

    होटलको अहिलेसम्म ६७ प्रतिशत वित्तीय प्रगति भएको छ । होटलमा ३ सय २ कोठाहरु हुने भएका छन् । आगामी २०८२ को असारदेखि होटल सञ्चालनमा ल्याउने योजना रहेको छ ।

    आगामी असोज कात्तिकमा आंशिक सञ्चालनको योजना रहेको द म्यासिफले जनाएको छ । होटल बनाउन ६ अर्ब ५१ करोड १० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । जस अन्तर्गत ७५ प्रतिशत बैंकको ऋण र बाँकी २५ प्रतिशत संस्थापकको स्वपुँजी लगानी रहेको छ । होटलमा प्रति कोठा लागत २ करोड १० लाख ५६ हजार रुपैयाँ रहने अनुमान गरिएको छ ।

    अहिलेसम्म कुल इक्विटी कम्पोनेन्टको ६१ प्रतिशत हो । होटलको ४ अर्ब १२ करोड रुपैयाँ ऋणको रेटिङ गरिएको छ । यसअघि होटल सन् २०२३ को मध्यदेखि सञ्चालनमा ल्याउने तयारी भएको थियो । होटलको निर्माण सन् २०१८ अगस्टदेखि शुरु भएको होटल निर्माणको काम कोरोना महामारी लगायतका कारणले सम्पन्नमा ढिलाइ भएको थियो । निर्माणाधीन होटल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलोमिटर दुरीमा रहेको छ ।

    गुण ज्वेलर्स, गुण सिनेमा हल, गुण हाउजिङ, अपार्टमेन्ट, गुण कोलोनी, गुण रियलस्टेट, गुण एयरलाइन्स, गुण को–अपरेटिभलगायतका संस्थाका अध्यक्ष रहेका अध्यक्ष शाक्य घरजग्गा कारोबारमा मन्दी आएपछि समस्यामा परेका थिए ।

    शुन्यमै झरेका शाक्यले यतिबेला भने गुण एयरलाइन्सलाई पुनर्जीवन दिएका छन् । उनी अहिले विभिन्न व्यवसाय बिस्तारमा समेत लागेका छन् । पछिल्लो समय उनले दरबारमार्गमा दरबार मल निर्माण गरेका छन् ।

     

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend