काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा नेकपा एमालेले ८ वटा मन्त्रालय पाएको छ ।
एमालेको भागमा प्रधानमन्त्रीसहित अर्थ, रक्षा, संघीय मामिला तथा सामान्य प्रशासन, शिक्षा मन्त्रालय परेका छन् ।
त्यस्तै, एमालेले भूमि व्यवस्था तथा सहकारी तथा गरिवी निवारण मन्त्रलाय, भौतिक पूर्वाधार, सञ्चार र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पनि पाएको छ ।
मन्त्रालय टुंगिए पनि एमालेबाट सरकारमा जाने मन्त्रीहरू सबैको नाम भने अझै तय भइसकेको छैन ।
राष्ट्रपति कार्यालयमा सोमबार बिहान ११ बजे प्रधानमन्त्री ओलीको शपथ छ ।