बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

शीतल निवास पुगेर महेश बर्तौलाले बुझे ओली प्रधानमन्त्रीमा नियुक्त भएको पत्र

शीतल निवास पुगेर महेश बर्तौलाले बुझे ओली प्रधानमन्त्रीमा नियुक्त भएको पत्र

काठमाडौँ । केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको पत्र एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले बुझेका छन् । आइतबार साँझ ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।

ओली प्रधानमन्त्री पदमा नियुक्त गरिएको पत्र उनको तर्फबाट पार्टीका प्रमुख सचेतक बर्तौलाले शीतलनिवास स्थित राष्ट्रपति कार्यालयमा पुगेर बुझेका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् ।

प्रधानमन्त्रीसहित मन्त्रीहरुको सपथग्रहण सोमबार तय भएको छ ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend