logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • युरोकपको उपाधि स्पेनलाई, इङ्ग्ल्यान्ड स्तब्ध

    युरोकपको उपाधि स्पेनलाई, इङ्ग्ल्यान्ड स्तब्ध

    910
    Shares
    युरोकपको उपाधि स्पेनलाई, इङ्ग्ल्यान्ड स्तब्ध

    काठमाडौं । इङ्ग्ल्यान्डलाई २ १ गोलले हराउँदै स्पेनले युरोकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

    यससँगै स्पेन चौथो पटक युरोपियन च्याम्पियन भएको छ । इङ्ग्ल्यान्ड भने लगातार दोस्रो पटक फाइनलमा पराजित भएको छ ।

    स्पेन सेमिफाइनलमा फ्रान्सलाई हराउँदै फाइनलमा पुगेको थियो । इङ्ल्यान्डले नेदरल्याण्ड्सलाई हराएर लगातार दोस्रोपटक फाइलन यात्रा पक्का गरेको थियो । तर अघिल्लो संस्करणमा इटालीले स्तब्ध बनाएको इङ्ल्यान्डलाई यस यसपटक स्पेनले स्तब्ध बनायो ।

    स्पेनलाई जिताउन खेलको ४७ मिनेटमा निको विलियम्सले अग्रता दिलाएका थिए। पहिलो हाफ एकपक्षीय खेलेको स्पेनले दोस्रो हाफको दुई मिनेटमै गोल गरेको थियो।

    तर खेलको ७० मिनेटमा मैदान पसेका कोल पामरले तीन मिनेटभित्रै उत्कृष्ट गोल गरेर खेललाई बराबरीमा ल्याए ।

    खेलको ८६ मिनेटमा सब्टिच्युट खेलाडी मिकेल ओयार्जाबलले निर्णायक गोल गरे । खेल जर्मनीमा आयोजना भएको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend