बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

सिमलताल बस दुर्घटनाबारे अध्ययन गर्न कार्यदल गठन गर्ने गृहमन्त्रीको पहिलो निर्णय

सिमलताल बस दुर्घटनाबारे अध्ययन गर्न कार्यदल गठन गर्ने गृहमन्त्रीको पहिलो निर्णय

नवनियुक्त उपप्रधानमन्त्री लेखक पदभार ग्रहण काठमाडौँ, ३१ असार ः नवनियुक्त उपप्रधानमन्त्री एवं गृहमन्त्री रमेश लेखक सोमबार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै । तस्बिर ः विमलबहादुर बिष्ट÷रासस

काठमाडौं । काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री एवं गृहमन्त्री रमेश लेखक सोमबार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै गृहमन्त्री लेखकले सिमलताल बस दुर्घटनाबारे अध्ययन गर्न कार्यदल गठन गर्ने निर्णय गरेका छन् ।

सोमबार गृहमन्त्री लेखकले मन्त्रालय पुगेर पदभार ग्रहण गर्दै सहसचिव छवि रिजालको नेतृत्वमा कार्यदल बनाउने निर्णयमा हस्ताक्षर गरेका हुन् ।

कार्यदललाई १० दिन समय दिइएको छ । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत सिमलतालमा गत शुक्रबार पहिरोमा परी दुई वटा बस त्रिशूली नदीमा खसेका थिए । बस र बसमा सवार करिब ६५ जना यात्रुहरुको खोजी कार्य जारी छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend