बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

नयाँ सरकारले जनतालाई राहत दिने कुरामा जोड दिएर काम गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह

नयाँ सरकारले जनतालाई राहत दिने कुरामा जोड दिएर काम गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह

काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले जनतालाई राहत दिने कुरामा जोड दिएर आफूहरुले काम गर्ने बताएका छन् । सोमबार शितल निवासमा शपथग्रहण गरेलगत्तै सिंहदरबारमा पुगेर पदभार ग्रहण गर्दै प्रतिवद्धता व्यक्त गरेका हुन् ।

जनताको अपेक्षा अनुसार काम नभएको हुनाले नयाँ सरकारले उनीहरुलाई राहत दिने कुरामा जोड दिएर अघि बढनुपर्ने उपप्रधानमन्त्री सिंहको भनाई थियो । उनले जनतालाई सुविधा दिने खालको आधुनिक सहर बनाउने कुरालाई प्राथमिकता दिएर काम गर्ने पनि बताए ।

उपप्रधानमन्त्री सिंहले भने, अस्थिरताबाट गुज्रिरहेको नेपालको राष्ट्रिय राजनीतिलाई राजनीतिक स्थिरता र स्थायित्वमा परिणत गर्नका लागि अहिले यो पार्लियामेण्टको सबैभन्दा ठूलो दल र सेकेण्ड ठूलो दल मिलेर सरकारको गठन भएको छ । अहिले हामीहरुले यो मन्त्रालयमा म आईसकेपछि यो सहरी विकास मन्त्रालय भएको कारणले गर्दा नेपालको शहरहरुलाई व्यवस्थित गर्नका लागि र अहिलेको आधुनिक मान्यता अनुरुप जनताको चाहना अनुरुप सुविधादिन लायक सहर बनाउनको लागि यो मन्त्रालयको काम, कर्तव्य र अधिकार जे छ, त्यसको सीमा भित्र बसेर यो कामलाई अघि बढाउनेतिर लाग्नुपर्छ ।

र मुख्य कुरा के हो भन्दाखेरी कि जनतामा अपेक्षा अनुसार काम भएन भन्ने छ । अव यो देशका ठूला दलहरु मिलेर बनाएको यो सरकार भएको कारणले गर्दा हाम्रो ध्यान डेलिभर गर्नेमा काम गर्नुपर्नेमा, जनतालाई राहत दिनुपर्नेमा त्यसमा चाँही विशेष जोड दिएर हामी अगाडि बढनु पर्छ भन्ने लागेको छ । त्यही हो ।

उपप्रधानमन्त्री सिंहले जनतालाई सुविधा दिन लायक शहर बनाउने काममा पनि आफू लाग्ने बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend