logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • यो केपी ओलीको सरकार हो, लामो समय चल्छ : खानेपानीमन्त्री यादव

    यो केपी ओलीको सरकार हो, लामो समय चल्छ : खानेपानीमन्त्री यादव

    469
    Shares
    यो केपी ओलीको सरकार हो, लामो समय चल्छ : खानेपानीमन्त्री यादव

    काठमाडौं । नवनियुक्त खानेपानीमन्त्री प्रदीप यादवले वर्तमान सरकार लामो समय चल्ने बताएका छन् । सोमबार खानेपानीमन्त्रीको पदभार ग्रहण गरेसँगै उनले यस्तो बताएका हुन् ।

    उनले वर्तमान सरकार प्रधानमन्त्री केपी शर्मा ओलीको भएकाले लामो समय चल्ने बताए । उनले अहिलेको सरकार डबल इन्जिनको सरकार भएको बताए । उनले डबल इन्जिनको सरकारलाई पछाडिबाट अर्को इन्जिनले पनि साथ दिइरहेको भन्दै आफ्नो अवधिसम्म चल्ने बताए ।

    उनले भने, ‘यो सरकार लामो चल्छ, किनकी यो केपी ओलीको सरकार हो । डबल इन्जिनको सरकार छ । यो इन्जिन एकदम झक्कासले चल्छ । हामी तेस्रो इन्जिनले धक्का दिइरहेका छौँ । यो सरकार आफ्नो अवधिसम्म चल्छ । डबल इन्जिनको सरकारलाई सफल बनाऔँ ।’

    उनले डबल इन्जिनको सरकारलाई सफल बनाउन मन्त्रालयका सचिव र कर्मचारीलाई आग्रह गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend