logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट सर्वसम्मतले पारित

    राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट सर्वसम्मतले पारित

    441
    Shares
    राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट सर्वसम्मतले पारित

    काठमाडौँ । राष्ट्रियसभाले राष्ट्र ऋण उठाउने विधेयक- २०८१ सर्वसम्मतिले पारित गरेको छ । सोमबार बसेको राष्ट्रियसभा बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त राष्ट्र ऋण उठाउने विधेयक, २०८१ लाई मुल रुपमै सुझावबिना पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

    सरकारको तर्फबाट उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सभासमक्ष पेश गरेका थिए ।

    प्रस्तावमाथि छलफल भइ अर्थमन्त्री पौडेलले जवाफ दिएसँगै राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले अर्थमन्त्री पौडेलले पारित गर्नका लागि प्रस्तुत गरेको सो प्रस्ताव सर्वसहमतिले पारित गरेको घोषणा गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend