logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • सबै प्रदेशमा हृदय केन्द्र स्थापनाका लागि आवश्यक प्रकृया अघि बढाउछु : स्वास्थ्यमन्त्री पौडेल

    सबै प्रदेशमा हृदय केन्द्र स्थापनाका लागि आवश्यक प्रकृया अघि बढाउछु : स्वास्थ्यमन्त्री पौडेल

    476
    Shares
    सबै प्रदेशमा हृदय केन्द्र स्थापनाका लागि आवश्यक प्रकृया अघि बढाउछु : स्वास्थ्यमन्त्री पौडेल

    काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदिप पौडेलले शहीद गङ्गालाल हृदय केन्द्रलाई ५०० शैयामा विस्तार गर्न गुरु योजना तयार गर्ने बताएका छन् ।

    मन्त्रालयको पदभार सम्हाले लगत्तै शहीद गङ्गालाल हृदय केन्द्र पुगेका मन्त्री पौडेलले यस्तो बताएका हुन् ।

    केपी शार्मा ओली नेतृत्वको मन्त्रीपरिषद्मा सोमबार स्वास्थ्य तथा जनसङ्ख्याको जिम्मेवारी पाएका पौडेल शितल निवकासबाट पद तथा गोपनीयताको सपथ लिएपछि मन्त्रालय पुगेर कार्यभार सम्हाले लगत्तै गङ्गालालको वस्तुस्थितिबारे जानकारी लिन त्यहाँ पुगेका थिए ।

    मन्त्री पौडेलले केन्द्रका कार्यकारी निर्देशक लगायत कर्मचारीहरूसँग छलफल गरी विभिन्न विषयमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    मन्त्री पौडेलले गङ्गालाल अस्पताललाई ५०० शैयामा विस्तार गर्न गुरु योजना तयार गर्ने बताए । उनले अन्य ६ वटै प्रदेशमा समेत हृदय केन्द्रको स्थापनाका लागि आवश्यक प्रकृया अघि बढाउने बताएका छन् ।

    अघिल्लो सरकारको नीति तथा कार्यक्रममा समावेश भए अनुसार यस केन्द्रलाई प्रतिष्ठानमा स्तरोन्नति गर्ने योजनालाई कार्यान्वयनमा लैजाने उनले बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend