सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

बारामा यात्रुबाहक बस दुर्घटना, १५ जना घाइते

बारामा यात्रुबाहक बस दुर्घटना, १५ जना घाइते

बारा । बाराको सिमरामा यात्रुबाहक बस दुर्घटना भएको छ । बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् भने तीन जनाको अवस्था गम्भीर रहेको छ ।

बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेका अनुसार चितवनको नारायणगढबाट पर्साको वीरगञ्ज आउँदै गरेको ना ७ ख ६०७६ नम्बरको बस आज बिहान ११ बजेतिर बाराको जीतपुरसिमरा–२३ मा सडकमै पल्टिएको थियो ।

घाइतेहरुको वीरगञ्जको गण्डकस्थित नारायणी बयोधा मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

बसमा सवार २२ जना यात्रुहरूमध्ये ३ जनाको गम्भीर, ७ जनाको मध्यम र ७ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend