बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

परराष्ट्रमन्त्री राणासँग भारतीय राजदूतले गरे शिष्टाचार भेट

परराष्ट्रमन्त्री राणासँग भारतीय राजदूतले गरे शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणासँग शिष्टाचार भेटवार्ता गरेका छन् । भारतका राजदूत नवीन श्रीवास्तव र परराष्ट्रमन्त्री आरजु राणाबीच मंगलवार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको हो ।

परराष्ट्र मन्त्रालयले परराष्ट्र मन्त्री राणासंगको भेटमा भारतीय राजदूत श्रीवास्तवले परराष्ट्र मन्त्री नियुक्त भएकोमा राणालाई बधाई दिए ।

परराष्ट्र मन्त्रालयले शिष्टाचार भेटमा परराष्ट्र मन्त्री राणा र भारतीय राजदूत श्रीवास्तवका बीचमा नेपाल–भारत सम्बन्ध र सहयोगका विषयमा छलफल भएको जनाएको छ ।

सोमबार परराष्ट्र मन्त्री नियुक्त भएकी डा. राणासंग शिष्टाचार भेट गर्ने श्रीवास्तव पहिलो राजदूत हुन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend