logo

२०८१ असोज ११ शुक्रबार

logo
  • शुक्रबार, ११ असोज २०८१
  • Advertisment

    Sunaulo Nepal

    सेयर बजार २३०० अंकमाथि उक्लियो, ९ अर्ब १३ करोड बढीको कारोबार

    सेयर बजार २३०० अंकमाथि उक्लियो, ९ अर्ब १३ करोड बढीको कारोबार

    371
    Shares
    सेयर बजार २३०० अंकमाथि उक्लियो, ९ अर्ब १३ करोड बढीको कारोबार

    काठमाडौँ । आज शेयर बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७०.१८ अकंले बढेर २३१०.५९ बिन्दुमा कायम भएको छ ।

    आज ३१५ कम्पनीको २ करोड ५८ लाख ३६ हजार २८५ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब १३ करोड ८६ लाख २९ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज २३४ कम्पनीको शेयर मूल्य बढेको छ भने ८ कम्पनीको शेयर मूल्य घटेको छ । आज ९ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

    यसदिन १२ उपसूचकमा हरियाली आएको छ । यस दिन हाइड्रोपावर समूह सबैभन्दा धेरै ५.४५ प्रतिशत बढ्यो । आज बैंकिङ समूहको २.७५ प्रतिशत, विकास बैंक समूहको ४.९४ प्रतिशत, फाइनान्स समूहको १.८५ प्रतिशतले शेयर मूल्य बढेको छ ।

    आज ङादी ग्रुप पावरको २१ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको १८ करोड २७ लाख र अपि पावरको १७ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    सिन्धु विकास बैंक बरुण हाइड्रो, ग्रिन डेभलपमेन्ट बैंक, आँखुखोला जलविद्युत र मन्दकिनी हाइड्रोका लगानीकर्ताले आज १० प्रतिशतका दरले कमाएका छन् । आज ११ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

    नेपाल इन्भेष्टमेन्ट डिबेञ्चरका इकाईधनीले १० प्रतिशतका दरले गुमाएका छन् । यस दिन मूल्य घट्नेमा धेरैजसो ऋणपत्र रहे । लगानीकर्तामा ऋणपत्र बेचेर सेयरमा लगानी गर्ने चाहना बढ्दा धेरै ऋणपत्रको मूल्य घट्न पुग्यो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend