logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • डेढ अर्बमा चारतारे मोक्सी होटल ल्याउँदै व्यवसायी शशिकान्त अग्रवाल

    डेढ अर्बमा चारतारे मोक्सी होटल ल्याउँदै व्यवसायी शशिकान्त अग्रवाल

    1.3K
    Shares
    डेढ अर्बमा चारतारे मोक्सी होटल ल्याउँदै व्यवसायी शशिकान्त अग्रवाल

    काठमाडौं । पछिल्लो समय व्यवसायीहरुले होटलमा लगानी बढाइरहेका छन् । उत्पादनमुलक क्षेत्रमा लगानी गरेका व्यवसायिक घरनाहरुले अहिले होटलमा ठूलो लगानी खन्याइरहेका छन् । व्यवसायीहरुले अहिले धमाधम विभिन्न तारे होटल र रिसोर्टहरु बनाइरहेका छन् ।

    यसैगरी उत्पादनमुलक क्षेत्रमा लगानी केन्द्रीत गर्दै आएको व्यावसायिक घराना एमएस ग्रुपले पनि पछिल्लो समय होटलमा आक्रमक रुपमा लगानी बढाइरहेको छ । ग्रुपले राजधानीको नक्सालमा पाँचतारे मेरियट होटल सञ्चालन गरिरहेको छ ।

    ग्रुपको लगानीमा ठमेलमा पनि फेयरफिल्ड म्यारियट होटल पनि सञ्चालनमा छ । ग्रुपले कमलादीमा चारतारे होटल बनाइरहेको छ । होटल पूर्वाधार निर्माण भइरहेको र ढिलोमा ११ महिनाभित्र होटल सञ्चालनमा आउने ग्रुपका अध्यक्ष शशिकान्त अग्रवालले सुनौलो नेपाललाई बताए ।

    १ सय कोठा रहेको होटल बनाउन डेढ अर्ब रुपैयाँ लगानी हुने उनले जानकारी दिए । म्यारियट अन्तर्गतकै मोक्सी ब्राण्डमा होटल सञ्चालन हुने भएको छ । होटल पूर्वाधार २ रोपनी क्षेत्रफलमा रहनेछ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

    होटल कमलादीको प्रज्ञा भवनको ठ्याक्कै पछाडी निर्माणाधीन अवस्थामा छ । अहिले होटल भित्रको काम फिनिसिङ हुँदै छ । होटलमा युवा पुस्तालाई लक्षित गरिएको छ । होटल युवा माहोलको आधारमा निर्माण गर्ने उनको भनाई छ ।

    होटल गीत संगीतको मज्जा लिन र दिनभरी रमाईलो गर्न बनाउन लागेको हो । युवा पुस्तालाई बढी फोकस गरेर कमलादीमा नयाँ होटल बनाउन लागिएको अग्रवालले जानकारी दिए ।

    मोक्सी होटल युवा पुस्तामा लोकप्रिय छ । यो होटल अन्य होटलभन्दा विल्कुलै फरक हुनेछ । होटलभित्र पस्ने बित्तिकै बार देखिन्छ । बारमै रजिष्टर गर्ने, त्यही रमाइलो गरेर रुममा गएर सुत्ने गरी संरचना बनाइएको हुन्छ ।

    मोक्सी होटल ब्राण्डलाई काठमाडौंमा भित्र्याउन मेरियट इन्टरनेसनल र इन्टरनेसनल हिमालय हस्पिटालिटी एण्ड होटलबीच सम्झौता भएको छ ।

    ग्रुप अन्तर्गत एभरेष्ट सुगर एन्ड केमिकल्स लिमिटेड, हिमालय सुगर मिल्स, रिलायन्स स्पिनिङ मिल्स र भगवती स्टिल इन्डष्ट्रिज सञ्चालनमा छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend