काठमाडौँ । समाजवादी मोर्चाले कांग्रेस–एमाले गठबन्धनको सरकारबाट प्रगतिशील यात्रा सम्भव नभएको निष्कर्ष निकालेको छ ।
एमाले अध्यक्ष केपी ओली नेतृत्वको उक्त सरकारले देशलाई यथास्थिति र पश्चगमनतर्फ उद्धत गर्ने बैठकले निष्कर्ष निकालेको हो ।
मंगलबार समाजवादी मोर्चाको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू केपी ओलीबाट ठूलो धोकामा परेको भन्दै संविधान र अधिकार रक्षाको अभियानमा जान प्रस्ताव गरे । प्रचण्डले ओलीले आफूलाई वाम एकताको सपना देखाएर ठूलो धोका दिएको भन्दै अब भ्रममा नपर्ने बताए ।
प्रचण्डले संविधान रक्षा र लोकतन्त्रको प्रगतिशील सारतत्व जोगाउने योजना अबको बाटो हुनुपर्ने प्रस्ताव पनि गरे ।