logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • वाइवाइले गर्यो क्यानलाई १० लाख रुपैयाँ हस्तान्तरण

    वाइवाइले गर्यो क्यानलाई १० लाख रुपैयाँ हस्तान्तरण

    630
    Shares
    वाइवाइले गर्यो क्यानलाई १० लाख रुपैयाँ हस्तान्तरण

    काठमाडौँ । चौधरी ग्रुप मातहतको सीजी फुड्स नेपाल लिमिटेडद्वारा उत्पादित वाइवाइ चाउचाउले नेपाल क्रिकेट संघ (क्यान) लाई १० लाख रुपैयाँ हस्तान्तरण गरेको छ । आईसीसी टि-२० विश्कपमा सहभागी खेलाडीलाई प्रोत्साहन स्वरूप सीजी फुड्सले गरेको घोषणा अनुसार उक्त रकम हस्तान्तरण गरिएको हो ।

    नेपाल राष्ट्रिय टिम टी-२० विश्वकपमा सहभागी बनिरहँदा खेलाडीहरूलाई प्रोत्साहन स्वरूप वाइवाइले प्रत्येक रनका लागि १ हजार रुपैयाँ, प्रत्येक चौकाका लागि ८ हजार रुपैयाँ, प्रत्येक छक्काका लागि १२ हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको थियो ।

    त्यसैगरी प्रत्येक विकेटका लागि १५ हजार रुपैयाँ, प्रत्येक अर्धशतक बापत ५० हजार रुपैयाँ, प्रत्येक शतक बापत १ लाख रुपैयाँ र नेपाली टिमको प्रत्येक जितमा १ लाख ५० हजार रुपैयाँ नगद उपलब्ध गराउने पनि घोषणा गरेको थियो ।

    सुपर आठमा पुगेमा राष्ट्रिय टिमका लागि ३० लाख रुपैयाँ उपलब्ध गराउने वाइवाइको घोषणा थियो । सोही घोषणा बमोजिम विश्वकपमा नेपाली टिमको समग्र प्रदर्शन अनुसार सम्पूर्ण रनको ३ लाख ५ हजार, विकेटको ३ लाख १५ हजार, चौकाहरूको २ लाख १६ हजार, छक्काहरूको १ लाख ८ हजार रुपैयाँ गरी ९ लाख ४४ हजार भएकोमा उक्त रकममा ५६ हजार रुपैयाँ थप गरि हस्तान्तरण गरिएको हो ।

    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend