बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

शेयर बजारमा आज पनि रौनक, १२ अर्ब ५ करोड बढी कारोबार

शेयर बजारमा आज पनि रौनक, १२ अर्ब ५ करोड बढी कारोबार

काठमाडौँ । शेयर बजारमा आज पनि रौनक छाएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५४.०४ अकंले बढेर २३६४.६३ बिन्दुमा कायम भएको छ ।

आज २०४ कम्पनीको शेयर मूल्य बढेको छ भने ३२ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज ३०६ कम्पनीको ३ करोड २० लाख ९५ हजार ९३७ कित्ता शेयर किनबेच हुँदा १२ अर्ब ५ करोड ९२ लाख ६६ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

बुधबार १३ वटै उपसूचकमा हरियाली आएको छ । आज बैंकिङ समूहको २.०८ प्रतिशत, विकास बैंक समूहको ४.०९ प्रतिशत, फाइनान्स समूहको ५.५० प्रतिशत, होटल तथा पर्यटन समूहको ५.५५ प्रतिशतले शेयर मूल्यमा सुधार देखिएको छ ।

यसदिन चार कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

सेन्ट्रल फाइनान्सका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । सिंगटी हाइड्रोका लगानकिर्ताले ९ दशलमव ९७ प्रतिशत, आँखुखोला जलविद्युतका लगानीकर्ताले ९ दशलमव ९५ प्रतिशतका दरले कमाएका छन् ।

आज सिटिजन्स म्युचुअल फण्ड २ का इकाईधनीले ९ दशलमव ९० प्रतिशतका दरले गुमाएका हुन् ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend