logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • नेपालमा महिला प्रधानमन्त्री बनेको हेर्न चाहन्छु : नेता कोईराला

    नेपालमा महिला प्रधानमन्त्री बनेको हेर्न चाहन्छु : नेता कोईराला

    588
    Shares
    नेपालमा महिला प्रधानमन्त्री बनेको हेर्न चाहन्छु : नेता कोईराला

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोईरालाले आगामी दिनमा नेपालले महिला प्रधानमन्त्री पाउनेमा निश्चिन्त हुन आग्रह गरेका छन् । बुधबार काठमाडौंको धापासीमा नेपाल महिला संघ केन्द्रीय कार्यालयका लागि नयाँ भवन निर्माणको शिलान्यास गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले नेपालमा महिला प्रधानमन्त्री बनेको हेर्न आफूले चाहेको बताए । उनले महिलाहरुमा समाजलाई डोर्याउनसक्ने क्षमता हुने बताए । उनले महिलाहरुलाई हरेक कुरामा अघि सार्न जरुरी रहेको बताए । उनले आफूले अहिलेसम्म चार पटक निर्वाचन जितेको र त्यो सबै महिलाहरुको साथ र सहयोगकै कारण जितेको बताए ।

    उनले महिलालाई हरेक क्षेत्रमा ५० प्रतिशत अधिकार दिनुपर्ने बताए । उनले महिलाहरुलाई देशको नेतृत्व गर्नसक्ने गरी सक्षम बन्न आग्रह गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend