logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • निर्माण व्यवसायीको भुक्तानी चाँडै गर्छौं : अर्थमन्त्री पौडेल

    निर्माण व्यवसायीको भुक्तानी चाँडै गर्छौं : अर्थमन्त्री पौडेल

    434
    Shares
    निर्माण व्यवसायीको भुक्तानी चाँडै गर्छौं : अर्थमन्त्री पौडेल

    काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीको भुक्तानी चाँडै हुने बताएका छन् । बुधबार नेपाल उद्योग वाणिज्य महासघका पदाधिकारीसँग भएको छलफलमा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

    उनले सरकारले निर्माण व्यवसायीहरुको भुक्तानी दिएन भन्ने गुनासो आएपनि अब लामो समय नरहने बताए । उनले निर्माण व्यवसायीहरुले सरकारबाट भुक्तानी नपाएको गुनासो व्यापक सुनिएको भन्दै सरकारले निर्माण व्यवसायीले पाउनुपर्ने भुक्तानी नरोक्ने बताए ।

    उनले सरकारले जुनसुकै अवस्थामा पनि निर्माण व्यवसायीहरुको भुक्तानीका विषयमा भएको गुनासो चाँडै सम्बोधन हुने उल्लेख गरे । उनले राज्यले टेण्डर गर्ने, निर्माण व्यवसायीहरुले निर्माण गर्ने,काम सम्पन्न हुँदाहुँदै पनि भुक्तानी नपाएको भए पाउनुपर्ने बताए ।

    उनले सम्बन्धित मन्त्रालय र अर्थ मन्त्रालयबीच आपसी समन्वय गरेर निर्माण व्यवसायीहरुको भुक्तानी गर्ने बताए । उनले सरकारले सहकारी र लघुवित्त क्षेत्रका समस्यालाई पनि समाधान गर्न सार्थक पहल गर्ने बताए । उनले पछिल्लो दिनमा माग,आपूर्ति र राजश्व समेत घटेको बताए । उनले पछिल्लो मुलुकको सबैभन्दा ठूलो चुनौती भनेको मान्छेको मनोबल घट्नु भएको बताए । उनले सबै समस्याको समाधान भेटिए पनि टुटेको मनोबलको समाधान हुन नसक्ने भन्दै निजी क्षेत्रलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गरे ।

    उनले सरकार निजी क्षेत्रसँगै रहेको भन्दै निजी क्षेत्रलाई नीतिगत रुपमा सहजीकरण, सहयोग र सहकार्य गर्ने नीति लिने बताए । उनले निजी क्षेत्रलाई काम गर्न अफ्ठ्यारो भएका नीति सहजीकरणका लागि सरकार तयार रहेको बताए ।

    उनले अहिले निजी क्षेत्र लगानी बढाउने भन्दा पनि व्यवसाय कसरी टिकाइराख्ने भन्ने चिन्ताबाट ग्रसित देखिएको भन्दै त्यसलाई सहजीकरण गर्न सरकार तयार रहेको बताए । उनले निजी क्षेत्रमा देखिएको नैराश्यता सरकारका तर्फबाट गर्नुपर्ने नीतिगत, संरचनागत र व्यावहारिक सुधारमा आफू सधैँ तयार रहेको बताए ।

    अर्थमन्त्री पौडेलले उद्योगी र नेपाल विद्युत प्राधिकरणबीच लामो समयदेखि चलिरहेको ‘डेडिकेटेड’ र ‘ट्रकलाईन’को विद्युत महशुल वक्यौता विवाद पनि कानूनअनुसार समाधान खोज्ने बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend