बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

‘आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर’ अवार्ड नेपाललाई

‘आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर’ अवार्ड नेपाललाई

काठमाडौँ । ‘आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर’ अवार्ड नेपाल क्रिकेट संघ (क्यान) ले जितेको छ । आईसीसीले प्रदान गर्ने आईसीसी डिजिटज फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड यसपटक नेपालले जितेको हो ।

क्यानले बुधबार एक्समार्फत यसबारे जानकारी गराएको हो ।

यो प्रतिष्ठित अवार्डले विश्वभरका फ्यानहरूसँग जोडिने नवीन डिजिटल रणनीतिलाई दर्शाउने क्यानले जनाएको छ । क्यानले यो अवार्डका लागि प्रशंसकहरूलाई धन्यवाद ज्ञापन गरेको छ ।

नेपाल यसअघि नै एसिया क्षेत्रको विजेताका रुपमा ग्लोबल अवार्डका लागि मनोनयनमा परेको थियो। आईसीसीले डेभलपमेन्ट अवार्ड अन्तर्गत विभिन्न ६ शीर्षकमा ग्लोबल अवार्ड दिने गरेको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend