logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • व्यापार बढेपछि एमएस ग्रुपको पाँचतारे मेरियट होटलले गर्यो २२ करोड खुदनाफा

    व्यापार बढेपछि एमएस ग्रुपको पाँचतारे मेरियट होटलले गर्यो २२ करोड खुदनाफा

    1.9K
    Shares
    व्यापार बढेपछि एमएस ग्रुपको पाँचतारे मेरियट होटलले गर्यो २२ करोड खुदनाफा

    काठमाडौं । व्यवसायिक घरना एमएस ग्रुपको पाँचतारे प्रिमियम होटल मेरियट काठमाडौं गत आर्थिक वर्षदेखि नाफामा गएको छ । सन् २०२३ मा मेरियटले २१ करोड ७० लाख रुपैयाँ खुद नाफा गरेको छ ।

    होटलको व्यापार बढेपछि खुद नाफामा वृद्धि भएको हो । सन् २०२२ मा होटल ३ करोड नोक्सानमा थियो । यस्ते मेरियटको ग्रस क्यास एकरल्समा सुधार आइ ४० करोड ९० लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष ग्रस क्यास एकरल्स १२ करोड ६० लाख रुपैयाँ थियो ।

    यो वर्षको ९ महिनामा होटलको व्यापार बढेर १ अर्ब ३३ करोड रुपैयाँ पुगेको मेरियटले जनाएको छ । यसबीचमा होटलको अकुपेन्सी रेट पनि बढेर ७० प्रतिशत पुगेको छ । पर्यटक आगमनमा सुधार आएपछि होटलको आम्दानीमा बढोत्तरी आएको हो ।

    गत वर्ष पनि मेरियटको व्यापारमा उछाल आएको थियो । एक वर्षमा होटलको व्यापार ६६ प्रतिशत बढेर १ अर्ब ७० करोड २० लाख रुपैयाँ पुगेको छ । २०२२ मा मेरियटले १ अर्ब २ करोड ४ लाख रुपैयाँ व्यापार गरेको थियो । एक वर्षमा होटलको आम्दानी ६७ करोड ८० लाख रुपैयाँ बढेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ । अकुपेन्सी रेट बढेपछि होटलको आम्दानीमा उछाल आएको हो ।

    गत वर्ष होटलको अकुपेन्सी रेट बढेर ६७ प्रतिशत पुगेको थियो । यो वर्ष ३ प्रतिशत बढेर ७० प्रतिशत पुगको होटलले जनाएको छ । २०२२ मा होटलको अकुपेन्सी रेट ५३ प्रतिशत मात्र थियो । यस्तै मेरियटको औसत रुम रेट बढेर १७ हजार १०४ रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष होटलको रुम रेट औसत १३ हजार ५ सय ७२ रुपैयाँ थियो ।

    २०२१ मा होटलले २९ करोड ८० लाख रुपैयाँ व्यापार गरेको थियो । एभरेष्ट हस्पिटालिटी एन्ड होटल्स लिमिटेडका अनुसार २०२० मा होटलले ८३ करोड ७० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । चार वर्षको वित्तीय विवरण हेर्दा होटलको व्यापार बढ्दै गएको छ । होटलले २ अर्ब १० करोड ८८ रुपैयाँ ऋण रहेको छ । दीर्घकालिन ऋण २ अर्ब र अल्पकालिन ऋण १० करोड रुपैयाँ छ । अघिल्लो वर्ष होटलको ऋण २ अर्ब ८३ करोड रुपैयाँ थियो । होटलले ऋण पनि घटाउँदै लगेको छ ।

    एभरेष्ट हस्पिटालिटीको संसाधन प्रवद्र्धक समूह र विश्वव्यापी रूपमा प्रतिष्ठित होटल ब्रान्ड मेरियटसँगको सम्बन्ध छ । जसले दीर्घकालीन, रणनीतिक रूपमा मार्केटिङ र होटल सञ्चालनको सन्दर्भमा कम्पनीलाई फाइदा पुग्ने सम्भावना छ ।

    एभरेष्ट हस्पिटालिटीले अन्तर्राष्ट्रिय होटल ब्रान्डका लागि मेरियट इन्टरनेसनल इंकसँग होटल व्यवस्थापन सम्झौता गरेको छ । मेरियट इन्टरनेसनल एक अमेरिकी आधारित निगम हो जसले सञ्चालन, फ्रान्चाइजी र लाइसेन्स बेच्ने गर्दछ । मेरियटका विश्वभरी ३० होटल ब्रान्डहरू छन् । जसमा ८ हजार बढी पोपर्टी छन् । १ सय ३९ मुलुकमा मेरियटका १४ लाख २३ हजार ४४ कोठा छन् ।

    इजाजतपत्र सम्झौताअन्तर्गत मेरियट इन्टरनेसनललाई समग्र सञ्चालनमा सहयोग गर्नेछ । मेरियट मानक, प्राविधिक सहयोग, व्यावसायिक प्रशिक्षण र विकास, ग्राहक अनुसार होटलको मार्केटिङ सेवाहरू रहेका छन् । यी सेवाहरूले कम्पनीलाई स्थापनाको थप लाभहरू प्रदान गर्ने सम्भावना छ ।

    सेवा, ठूलो ग्राहक आधार, मार्केटिङ क्षमता र पहिले नै व्यापक ब्रान्ड नाम पहिचान होटल अतिथि ड्राइभ गर्न सक्षम छ । विश्वव्यापी ब्रान्ड मेरियटसँग आबद्ध हुनुले एभरेष्ट हस्पिटालिटीलाई व्यापारमा फाइदा पुग्नेछ ।

    होटल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ किलोमिटर दुरी नक्सालमा छ । होटल पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भइसकेको छ । होटलमा २ सय १४ वटा कोठाहरु छन् । एभरेष्ट हस्पिटालिटीको व्यवस्थापन अन्तर्राष्ट्रिय चेन होटल ब्रान्ड मेरियट इन्टरनेसनल इंकले गरेको छ।

    होटलको अध्यक्ष सुमितकुमार अग्रवाल रहेका छन् । उनी भगवती स्टिल इन्डष्ट्रिजका अध्यक्ष पनि हुन् । उनको अध्यक्षतामा ७ जना सञ्चालक छन् । यस्तै गौरव अग्रवाल एभरेष्ट हस्पिटालिटीका प्रवन्ध सञ्चालक छन् । गौरव एमएस ग्रुपका सञ्चालक पनि हुन् । एमएस ग्रुप स्टिल, कागज, चिनी, केमिकल, रियलस्टेट, होटल, बैंक तथा बिमामा लगानी रहेको छ । एमएस ग्रुपको लामो व्यवसायिक अनुभव छ ।

    ग्रुपले सन् २०१३ मा एभरेष्ट हस्पिटालिटीको स्थापना गरेको हो । होटल पूर्वाधार १.३५ एक्कर्ड जमिनमा छ ।

    यस्तै व्यावसायिक घराना एमएस ग्रुपले पनि पछिल्लो समय होटलमा आक्रमक रुपमा लगानी बढाइरहेको छ । ग्रुपले राजधानीको नक्सालमा पाँचतारे मेरियट होटल सञ्चालन गरिरहेको छ ।

    ग्रुपको लगानीमा ठमेलमा पनि फेयरफिल्ड म्यारियट होटल पनि सञ्चालनमा छ । एमएसले कमलादीमा चारतारे होटल बनाइरहेको छ । होटल पूर्वाधार निर्माण भइरहेको र ढिलोमा ११ महिनाभित्र होटल सञ्चालनमा आउने ग्रुपका अध्यक्ष शशिकान्त अग्रवालले सुनौलो नेपाललाई बताए ।

    १ सय कोठा रहेको होटल बनाउन डेढ अर्ब रुपैयाँ लगानी हुने उनले जानकारी दिए । म्यारियट अन्तर्गतकै मोक्सी ब्राण्डमा होटल सञ्चालन हुने भएको छ । होटल पूर्वाधार २ रोपनी क्षेत्रफलमा रहनेछ ।

    होटल कमलादीको प्रज्ञा भवनको ठ्याक्कै पछाडी निर्माणाधीन अवस्थामा छ । अहिले होटल भित्रको काम फिनिसिङ हुँदै छ । होटलमा युवा पुस्तालाई लक्षित गरिएको छ । होटल युवा माहोलको आधारमा निर्माण गर्ने उनको भनाई छ ।

    होटल गीत संगीतको मज्जा लिन र दिनभरी रमाईलो गर्न बनाउन लागेको हो । युवा पुस्तालाई बढी फोकस गरेर कमलादीमा नयाँ होटल बनाउन लागिएको अग्रवालले जानकारी दिए ।

    यो पनि :

    डेढ अर्बमा चारतारे मोक्सी होटल ल्याउँदै व्यवसायी शशिकान्त अग्रवाल

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend