काठमाडौँ । सिंहदरबारमा सभामुख र प्रमुख सचेतकहरुबीचको छलफलमा आगामी साउन १५ गतेसम्म ६ वटा प्रतिनिधिसभा बैठक सञ्चालन गर्ने निर्णय भएको छ ।
सत्तापक्षका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार उक्त छलफलमा ६ वटा बैठक सञ्चालन गर्ने निर्णय भएको हो ।
साथै प्रतिनिधिसभाका बैठकलाई प्रभावकारी बनाउने समझदारी भएको छ ।
साउन ६ गते एमाले अध्यक्ष केपी शर्मा ओलीले विश्वासको मत लिनेछन् ।