सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

नेप्से ५९ अंकले बढ्यो, १४३ कम्पनीको सेयर मूल्य बढ्दा १५ अर्बमाथिको कारोबार

नेप्से ५९ अंकले बढ्यो, १४३ कम्पनीको सेयर मूल्य बढ्दा १५ अर्बमाथिको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबारमा सेयर बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५९.६८ अकंले बढेर २४२४.३२ बिन्दुमा बन्द भएको छ । आज ३१२ कम्पनीको ३ करोड ९९ लाख ३८ हजार २३७ कित्ता शेयर किनबेच हुँदा १५ अर्ब ५४ करोड ८८ लाख ७३८ रुपैयाँको शेयर कारोबार भएको छ ।

बिहीबार १४३ कम्पनीको सेयर मूल्य बढ्यो । ९५ कम्पनीको सेयर मूल्य घट्यो ।

आज परिसूचक ९० अंकसम्म उकालो लागेको थियो । त्यसपछि केही मत्थर हुँदै कारोबारको अन्त्यमा ५९ अंकले बढ्यो ।

आज नेपाल इन्भेस्टमेन्ट बैंक, नेपाल फाइनान्स, आँखुखोला जलविद्युत् आयोजना, उपकार लघुवित्त, थ्री स्टार हाइड्रोको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो ।

समूहगत उपसूचकतर्फ फाइनान्स समूह ३५.६९ र जलविद्युत् ०.२२ अंकले घट्यो । बाँकी ११ समूहको उपसूचक बढेका छन् । सबैभन्दा धेरै बैंकिङ समूह ८०.४९ अंक अर्थात् ६.२८ प्रतिशतले बढ्यो ।

त्यस्तै, आज कुमारी सबल योजनाका इकाईधनीले ५ प्रतिशतका दरले गुमाएका छन् । सिन्धु विकास बैँक ४ दशमलव ५७, गुहेश्वरी मर्चेन्ट ४ दशमलव २२, एनसिसी डिवेञ्चर ३ दशमलव ९३ र श्री इनभेष्टमेन्ट फाइनान्स कम्पनीका लगानीकर्ताले ३ दशमलव ९० प्रतिशतले गुमाए ।

 

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend