बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

उपप्रधानमन्त्री सिंह र चिनियाँ राजदुत सङबीच शिष्टाचार भेट

उपप्रधानमन्त्री सिंह र चिनियाँ राजदुत सङबीच शिष्टाचार भेट

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह र नेपालका लागि चिनियाँ राजदुत चेन सङबीच शिष्टाचार भेटवार्ता भएको छ । बिहीबार सिंहदरबारमा उपप्रधानमन्त्री सिंह र राजदुत सङबीच भेटवर्ता भएको हो ।

भेटमा चीनका तर्फबाट राजदुतले उपप्रधान एवं शहरी विकासमन्त्री सिंहलाई बधाईसहित कार्यकाल सफलताको शुभकामना दिएका छन् । नेपाल र चीन बीचमा शहरी विकासको क्षेत्रमा सहकार्यका बारेमा पनि छलफल भएको छ ।

चीनले रुकुम र जाजरकोटमा गत वर्ष गएको भूकम्पपछिको पुनःनिर्माणमा सघाउन तयार रहेको राजदुतले बताएका थिए । भेटमा उपप्रधानमन्त्री सिंहले दुवै देशबीचको सम्बन्ध बिस्तार गर्दै नेपाललाई अझै बढी सहयोग गर्न आग्रह गरे ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend