logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • विदेश पलायन हुने युवा जनशक्ति रोक्नको लागि उद्योग सञ्चालन गर्नु जरुरी छ : उद्योगमन्त्री भण्डारी

    विदेश पलायन हुने युवा जनशक्ति रोक्नको लागि उद्योग सञ्चालन गर्नु जरुरी छ : उद्योगमन्त्री भण्डारी

    357
    Shares
    विदेश पलायन हुने युवा जनशक्ति रोक्नको लागि उद्योग सञ्चालन गर्नु जरुरी छ : उद्योगमन्त्री भण्डारी

    काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मुलुकको राष्ट्रिय दायित्वलाई पूरा गर्न उद्योगमा लगानी वृद्धि गरी सञ्चालन गर्न आवश्यक रहेको बताएका छन् । बिहीबार बसेको प्रतिनिधि सभा अन्तरर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा बोल्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन् ।

    उनले रोजगारी सिर्जना गरी विदेश पलायन हुने युवा जनशक्ति रोक्नको लागि उद्योग सञ्चालन गर्नु जरुरी रहेको बताए । उनले मुलुमा उद्योगमा लगानी वृद्धि गरी रोजगारी सिर्जना गरेर युवाहरुलाई स्वदेश फर्काउन सकिने बताए ।

    उनले उद्योग मन्त्रालय नीतिगत रुपमा अहिले पनि ओझेलमा परेको बताए । उनले उद्योग तथा आपूर्ति मन्त्रालयले माग गरे अनुसारको नीतिगत व्यवस्था अझै पनि प्राप्त गर्न नसकेको बताए । उनले मन्त्रालयले नीतिगत सुधारका पक्षहरुलाई विशेष महत्वका साथ सुधारका पक्षमा काम गरिरहेको बताए ।

    उनले लगानी सम्मेलनपछि लगानी सहजिकरणका लागि आवश्यक ऐन संशोधनले सबैभन्दा बढी प्रभाव सेजमा देखिएको बताए । उनले सेजलाई मर्ज गर्नुपर्छ भन्ने ठाउँमा पुगेको सरकार अहिले सेजका उद्योगहरु सञ्चालन हुने ठाउँमा पुगेको बताए ।

    उद्योग मन्त्री भण्डारीले सुर्तिजन्य पदार्थहरुको प्रयोगलाई नीतिमार्फत निरुत्साहित गर्न आवश्यक रहेको बताए । उनले सरकारले नीतिमार्फत निरुत्साहित गर्न आवश्यक भएपनि सरकारले नीतिगत व्यवस्था गरेर उद्योगहरु सञ्चालन गरी रहेको बताए । उनले छिमेकी मुलुकमा सुर्तिजन्य पिदार्थको उत्पादन र वितरणमा ७५ प्रतिशतसम्म कर लगाएर रोक लगाएको बताए ।

    उनले नेपाल अझै सुर्तिजन्य पदार्थहरुको प्रयोगसम्बन्धि ऐन, कानून र नीतिमा अभ्यस्त बन्न नसकेको बताए । उनले सुर्तिजन्य उद्योगको क्षमता वृद्धि गर्नेकुरा भन्दा पनि निरुत्साहित गर्न आवश्यक भएपनि उद्योग सञ्चालन गर्नु अहिलेको आवश्यकता भएको बताए ।

    उनले कोभिड पछि नेपालको अर्थतन्त्र आएको शिथिलतले सबैभन्दा ठूलो प्रभाव उद्योग र उत्पादन क्षेत्र भएकाले अर्थतन्त्र र उद्योगमा संकुचन आएको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend