बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

एसिया कप क्रिकेट : उद्घाटन खेलमा यूएईविरुद्द नेपाल पहिले फिल्डिङमा

एसिया कप क्रिकेट : उद्घाटन खेलमा यूएईविरुद्द नेपाल पहिले फिल्डिङमा

काठमाडौँ । श्रीलंकामा शुक्रबारदेखि सुरु भएको महिला एसिया कप क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । डम्बुलास्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस जिती संयुक्त अरब इमिरेट्स (यूएई) लाई पहिले ब्याटिङको निम्तो दिएको हो ।

नेपाली टोलीमा इन्दू बर्मा (कप्तान), रुविना क्षेत्री, सीता रानामगर, कविता कुँवर, कविता जोशी, पूजा महतो, बिन्दू रावल, सम्झना खड्का, काजोल श्रेष्ठ (विकेटकिपर), कृतिका मरासिनी र सबनम राई छन् ।

यूएईको टोलीमा एसा ओजा (कप्तान), थिर्था सतिष (विकेटकिपर), रिनिथा रजिथ, कविसा एगोडेग, समाइरा धरनिधरका, खुशी शर्मा, लावन्या केनी, वैष्णवी महेश, इन्धुजा नन्दकुमार, हिना हचन्दानी र रिथिका रजिथ रहेका छन् ।

जुलाई १९ देखि २८ (साउन ४ देखि १३ गते) सम्म सञ्चालन हुने उक्त प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभागजन गरिएको छ । नेपाल प्रतियोगिताको समूह ‘ए’मा परेको छ ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend