काठमाडौँ । उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ । सन्दीपविरुद्धको बलात्कार मुद्दामा उच्च अदालत पाटनले फैसलाको पूर्णपाठ सार्वजनिक गरेको हो ।
न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासले गत जेठ २ गते गरेको फैसलाको पूर्णपाठ शुक्रबार सार्वजनिक गरेको हो ।
उच्च अदालत पाटनले सन्दीपलाई बलात्कार मुद्दामा सफाइ दिएको थियो ।