logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • युवाहरूलाई मुलुकभित्रै भविष्य देखाउनुपर्छ : युवामन्त्री चौधरी

    युवाहरूलाई मुलुकभित्रै भविष्य देखाउनुपर्छ : युवामन्त्री चौधरी

    490
    Shares
    युवाहरूलाई मुलुकभित्रै भविष्य देखाउनुपर्छ : युवामन्त्री चौधरी

    काठमाडौं । नवनियुक्त युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपाली युवाहरुलाई मुलुकभित्रै भविष्य देख्ने वातवरण बनाउनुपर्ने बताएका छन् ।

    शुक्रबार सिंहदरवारस्थित युवा तथा खेलकुद मन्त्रालयमा राष्ट्रिय युवा परिषदसँगको ब्रिफिङमा बोल्दै मन्त्री चौधरीले यस्तो बताएका हुन् ।

    मन्त्री चौधरीले भने, ‘नेपाली युवाहरुलाई उद्यमशीलताको बाटोमा सहज ढंगले लाग्ने वातवरण बनाउनुपर्दछ।नेपाली युवाहरुलाई मुलुकभित्रै भविष्य खोज्‍ने वातवरण बनाउनु नै मुख्य चुनौती हो। यसबारे सबै सरोकारवालाले गम्भीर भएर लाग्नु पर्दछ‘

    मन्त्री चौधरीले युवा शक्तिलाई परिचालन गर्न सकेमात्र मुलुकले समृद्धिको पाइला चाल्न सकिने जिकिर गरे।उनले युवा जनशक्तिको वढ्दो पलायनमा चिन्ता व्‍यक्त गरे। ‘ नेपाली युवाहरू दिनदिनै एयरपोर्टबाट विदेश उडिरहेका छन्,’ मन्त्री चौधरीले चिन्ता व्‍यक्त गर्दै भने, ‘युवा पलायन किन भइरहेका छन्, यसबारेमा सोच्न् बेला आएको छ।’

    कार्यक्रममा राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवाहरुको अपेक्षाका तुलनामा बजेट अपर्याप्त रहेको बताए। बस्नेतले कुल जनसङ्ख्याको ४२.५६ प्रतिशत जनसङ्ख्या युवाको रहेकाले युवाको सवाल र समस्यालाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्ने बताए।

    उनले युवा उद्यमशीलतालाई प्रवर्द्धन गर्नका लागि कार्यविधि संशोधन गरेर युवा उद्यम कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी समेत गराए।

    कार्यक्रममा मन्त्रालयका सचिव सुमनराज अर्यालले मन्त्रालय र परिषदबीच समन्वय गरी युवाको पक्षमा नतिजामुखी काम गर्नुपर्ने बताए।

    कार्यक्रममा परिषदका प्रशासकीय प्रमुख दिनेश घिमिरेले परिषद्‌कातर्फबाट भएका कामसहित नयाँ आर्थिक वर्षमा गरिने कार्यक्रम र योजनाको विस्तृत रिपोर्ट पेश गरेका थिए।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend