logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • रेमिट्यान्सलाई सदुपयोग चुनौतीपुर्ण छ, यसलाई उत्पादनमा जोड्नुपर्छ : पोखरेल

    रेमिट्यान्सलाई सदुपयोग चुनौतीपुर्ण छ, यसलाई उत्पादनमा जोड्नुपर्छ : पोखरेल

    413
    Shares
    रेमिट्यान्सलाई सदुपयोग चुनौतीपुर्ण छ, यसलाई उत्पादनमा  जोड्नुपर्छ : पोखरेल

    कतार । नेकपा एमाले बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनमा माओवादीको साथ नलिने सर्तमा कांग्रेस एमाले सरकार  बनेको बताएका छन् ।
    शुक्रबार  दोहामा  भएको  प्रवासी मञ्चको सातौ अधिवेसालाई सम्बोधन गर्दै पोखरेलले  यस्तो खुलासा गरेका हुन । प्रचण्डले चुलबुल गर्दा हुँदा खाँदाको सरकार  ढलेको  बताएका छन् ।

    नेता  पोखरेलले प्रचण्डकै व्यइमानीले बाम सरकार ढलेको बताए । उनले भने ‘भन्न बाम भन्ने काम के गर्ने के गर्नेलाई कसरी बाम सरकार  गिरेको हो   ।’

    पोखरेलले कतारबाट भित्रिएकाे रेमिट्यान्सलाई कसरी व्यावस्थित गर्ने भन्ने चुनाैती अहिलेकाे आवश्यकता रहेकाे बताए । उनले रेमिट्यान्सकाे पैसा उत्पादनमा लगाउनुपर्ने बताए ।

    पाेखरेलले राजनितीक स्थायीत्वकाे लागी कांग्रेस एमाले सरकार बनेकाे बताए । याे देशमा हुँदा हुँदा २० सिटेलाई प्रधानमन्त्री बन्ने अवस्था आएकाले जनताकाे अभिमत प्राप्तहरूले नयाँ सरकार गठन गरेकाे बताए ।

    कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य उमाशंकर अगरियाले मधेसका पार्टी विगतदेखी आफै पद लाेलुपताले फुटेकाे बताए ।
    अव नेपालमा सानाे पार्टीकाे काम छैन । देशलाई समृद्ध बनाउन एमाले चाहिन्छ । प्रत्येक पालिकामा १५ वेडकाे अस्पताल सुरूवात केपी ओलीकै पालमा भएकाे हाे ।

    नेकपा एमाले काेसी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले एमाले नतृत्वकाे सरकारले नेपाली श्रम र सिपलाई नेपालमै राख्न पहल गर्ने बताए ।

    कार्यक्रममा प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटी अध्यक्ष संजय थापा, अध्यक्ष, प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका उपसचिव चाँणक पाेखरेल,
    प्रवासी नेपाली मञ्च मध्येप्रदेश इन्चार्च कमलमणी गुराँगाई, प्रवासी नेपाली मञ्च दुवई अध्यक्ष प्रकाश काेईराला, प्रेस चाैतारी नेपाल केन्द्रीय सचिव विष्णु तारूकेलगायतले शुभकामना मन्तव्य दिएका थिए ।

    कार्यक्रमका सभापति अफ्सर खान संयाेजक प्रवासी नेपाली मञ्च कतार । नेतृत्व चयनकाे लागी ३ सय २१ जना प्रतिनिधि सहभागी ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend