logo

२०८१ कार्तिक १२ सोमबार

logo
  • सोमबार, १२ कार्तिक २०८१
  • रुसमा रोकिएका एयर इन्डियाका यात्रुहरू सान फ्रान्सिस्को प्रस्थान

    रुसमा रोकिएका एयर इन्डियाका यात्रुहरू सान फ्रान्सिस्को प्रस्थान

    511
    Shares
    रुसमा रोकिएका एयर इन्डियाका यात्रुहरू सान फ्रान्सिस्को प्रस्थान

    नयाँ दिल्ली । रुसमा रोकिएका एयर इन्डियाका यात्रुहरू सान फ्रान्सिसको प्रस्थान गरेका छन् । एयर इन्डियाको दिल्ली–सान फ्रान्सिस्को उडानमा प्राविधिक समस्या देखिएपछि रुसको क्रास्नोयार्स्क विमानस्थलमा आकस्मिक अवतरण गरिएको थियो ।

    एयर इन्डियाले सामानिक सञ्जाल एक्समार्फत उक्त विमान रुसबाट सान फ्रान्सिसको प्रस्थान गरिसकेको जनाएको छ । एयर इन्डियाको एआई–११७९ विमान क्रस्नोयार्स्कबाट सान फ्रान्सिस्को (एसएफओ) को लागि सबै यात्रु तथा चालक दलका सदस्य लिएर उडान भरेको एयर इन्डियाले जनाएको छ ।

    उडानपछि मस्कोस्थित भारतीय दूतावासले पनि यात्रुहरूलाई सहयोग गरेकोमा रुसको विदेश मन्त्रालय लगायत अन्य सहयोगी निकायहरुलाई धन्यवाद दिएको छ । यसअघि एयर इन्डियाले प्राविधिक समस्याका कारण क्रास्नोयार्स्क विमानस्थलमा फसेका विमानका यात्रुहरूलाई सान फ्रान्सिसको पुर्याउन राहत उडानका लागि स्वीकृति प्राप्त गरेको बताएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend