काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको बारेमा विगतमा उठेका मुद्दामा कांग्रेस मौन नबस्ने बताएका छन् । शनिबार काठमाडौंमा एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले प्रधानमन्त्री ओलीको नेतृत्वमा रहेको सरकारलाई सफल बनाउनका लागि कांग्रेसका सबैले साथ दिने बताए । उनले कांग्रेसका सांसदहरु उभिएर विश्वासको मत दिएका कारण विगतमा उठेका प्रश्नलाई लुकाउने प्रयत्नमा कांग्रेस नलाग्ने बताए । उनले सरकारले गर्ने कमजोरीमा आफूहरु मौन नबस्ने बताए ।
उनले सरकार बनाउन १३८ भए पुग्ने भएपनि संविधान संशोधनका लागि १८४ सांसद संख्या चाहिने भएकाले सबै राजनीतिक दलहरुलाई सँगै लिएर अघि बढ्न अहिलेको सरकारले सक्नुपर्ने बताए । कांग्रेस र एमालेले नेपाललाई एउटा नविन सम्भावनाको बाटोमा लैजानुपर्नेमा जोड दिए ।
महामन्त्री शर्माले प्रतिपक्षी दलहरु संसदमा सरकारका कामकारबाहीप्रति खरो रुपमा उभिनुपर्ने बताए ।