logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • कांग्रेस र एमाले मिलेर माओवादीलाई घुस खान सिकायो : महासचिव भुसाल

    कांग्रेस र एमाले मिलेर माओवादीलाई घुस खान सिकायो : महासचिव भुसाल

    595
    Shares
    कांग्रेस र एमाले मिलेर माओवादीलाई घुस खान सिकायो : महासचिव भुसाल

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर नेकपा (माओवादी केन्द्र) लाई घुस खान सिकाएको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

    उनले राजाले बाहिरबाट घुस लिन सिकेको हुनसक्ने भन्दै राजाबाट कांग्रेस—एमालेले घुस खान सिकेको बताए । कांग्रेस र एमाले दुवै राजनीतिक दलहरु मिलेर माओवादीलाई घुस खान सिकाएको उनको भनाइ थियो ।

    उनले नसिक्नुपर्ने कुरा बढी सिक्दा मुलुकले अहिले दुःख पाइरहेको बताए । उनले राजनीतिक दलहरुले जनताको बहुदलीय जनवाद भनेर राज्य दोहनको काम गरिरहेको बताए ।

    उनले (माओवादी केन्द्र) ले २०६२/०६३ मा जनवादी क्रान्ति दाबी गर्नुपर्ने भएपनि नसकेको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend