काठमाडौं । नेपाली बजारमा आज आइतबार सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घटेको छ ।
आइतबार सुनको मूल्य तोलामा १३ सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको भाउ प्रतितोला १ लाख ४६ हजार २ सय रुपैयाँ कायम भएको छ ।
गत बुधबार सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँ पुगेको थियो ।
त्यसयता सुनको मूल्य केही घटेको छ । त्यस्तै चाँदीको मूल्य तोलामा २० रुपैयाँ घटेको छ ।
अघिल्लो दिन प्रतितोला १८३० रुपैयाँमा कारोबार भएको चाँदी आज १८१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।