बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

जनताको चाहनाअनुसार काम हुन सकेन, अहिलेको सरकारले राम्रो काम गर्छ : मन्त्री सिंह

जनताको चाहनाअनुसार काम हुन सकेन, अहिलेको सरकारले राम्रो काम गर्छ : मन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले अहिलेको सरकारले यसअघिको सरकारले भन्दा राम्रो काम गर्ने बताएका छन् । आज तारकेश्वर नगरपालिकाको नयाँ प्रशासकीय भवनको उद्घाटन गर्दै उनले जनताको चाहनाअनुसार काम हुन नसकेकोले कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्ने अवस्था आएको भन्दै यो सरकारले राम्रो काम गर्ने बताए ।

‘यो सरकार अहिले संसदको पहिलो र दोस्रो दल मिलेर बनेको छ । यसरी सरकार बनाउनुपर्ने अवस्था आउनुको कारण अगाडिका सरकार अस्थिर भय टिक्न सकेनन् । राजनीतिक अस्थिरता भयो । जनताको चाहनाअनुसार काम हुन सकेन,’ उपप्रधानमन्त्री सिंहले भने, ‘यो सरकारले अगाडीका सरकारले भन्दा राम्रो पर्फमेन्स गर्छ । जनतामा आशा जगाउने गरि काम गर्नेछ । राजनीतिक अस्थिरताको अन्त्य गर्छ ।’

साथै प्रत्यक्ष जनतासँग जोडिएको सरकार स्थानीय सरकार भएको भन्दै उनले स्थानीय सरकारलाई प्रभावकारी बनाउनतर्फ ध्यान दिनुपर्ने बताए ।

आज उद्घाटन भएको भवनले जनतालाई सेवा प्रवाहमा सहजता थपिने विश्वास व्यक्त गर्दै उपप्रधानमन्त्री सिंहले सम्पदा र आफ्नो पहिचानको रक्षा हुनेगरि आधुनिक सुविधा सम्पन्न नगरपालिका बनाउनका लागि काम गर्न समेत सुझाव दिएका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend