बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

सुमना श्रेष्ठले दिइन् भुटानी शरणार्थी प्रकरणको छानबिन गर्न कांग्रेसलाई चुनौती

सुमना श्रेष्ठले दिइन् भुटानी शरणार्थी प्रकरणको छानबिन गर्न कांग्रेसलाई चुनौती

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले उपसभामुख इन्दिरा रानामगरको नामबाट मिडिया ट्राइल भइरहेको भन्दै आपत्ति जनाएकी छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

सांसद श्रेष्ठले अमेरिकी दूतावासलाई लेखिएको पत्रलाई लिएर उपसभामुख इन्दिरा रानामगरलाई नहेप्न चेतावनी दिइन् ।

उनले भनिन्, ‘एउटा महिला जसले यस्तो डिफिकल्ट टाइमबाट आएर यहाँ आउनुभएको छ । उहाँलाई हेप्न चाँही नखोज्नु होला, साच्चैकै विधि, पद्दति बनाउन चाहनुहुन्छ, गर्नुस् । एक वर्ष अघिदेखि पत्र हातमा बोकेर बस्नुभएको हरेछ त, कुन बेला ठोकौँ भनेर । साँच्चिकै छानबिन गर्ने हो भने गरियोस् । पार्टी पनि तयार छ । तर, प्रोपर तरिकाले होस् ।’

श्रेष्ठले सत्तारुढ दल नेपाली कांग्रेसलाई भुटानी शरणार्थी प्रकरणको छानबिनका लागि चुनौती दिइन् ।

सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend