
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाए ।
विभिन्न मितिमा प्रमाणित भएका विधेयकमा आर्थिक विधेयक–२०८१, राष्ट्र ऋण उठाउने विधेयक– २०८१ र भन्सार महसुल विधेयक–२०८१ रहेका छन् ।
प्रतिनिधिसभाको जारी बैठकमा अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ को उपधारा (४) बमोजिम प्रतिनिधिसभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेस गर्ने क्रममा आफ्नो धारणा राखिरहेका छन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend