सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

सरकारले ज्येष्ठ नागरिकलाई राष्ट्रिय परिचय पत्र अनिवार्य लिनुपर्ने व्यवस्था हटाउनुपर्छ : रघुजी पन्त

सरकारले ज्येष्ठ नागरिकलाई राष्ट्रिय परिचय पत्र अनिवार्य लिनुपर्ने व्यवस्था हटाउनुपर्छ : रघुजी पन्त

काठमाडौं । सत्तारुढ नेकपा एमालेमा सांसद रघुजी पन्तले ज्येष्ठ नागरिकहरुलाई राष्ट्रिय परिचय पत्र अनिवार्य चाहिने व्यवस्था हटाउन सरकारसँग माग गरेका छन् ।

ज्येष्ठ नागरिकहरुले राष्ट्रिय परिचय पत्र लिनका लागि घण्टौ लाईन बस्नुपर्ने अवस्था देशभर भएकाले यस्तो व्यवस्था हटाउनका लागि गृह मन्त्रालयले आवश्यक व्यवस्था गर्नुपर्ने उनको भनाई थियो ।

आइतबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद पन्तले ज्येष्टठ नागरिकहरुलाई परेको मर्कालाई सरकारले तत्काल सम्बोधन गर्नुपर्ने बताए ।

सांसद पन्तले मुलुकको राष्ट्रियताप्रति चिन्ता व्यक्त गर्दै त्यसलाई सुदृढ बनाउने काममा पनि सबै राजनीतिक दलहरु एकतावद्ध भएर अघि बढनुपर्ने बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend