logo

२०८१ मंसिर ६ बिहिबार

logo
  • बिहिबार, ६ मंसिर २०८१
  • पोखरेल परिवारको शुभश्री र अग्नी सिमेन्टको बिजनेस सवा ३ अर्ब, चारतारे होटल सञ्चालनमा ल्याउँदै

    पोखरेल परिवारको शुभश्री र अग्नी सिमेन्टको बिजनेस सवा ३ अर्ब, चारतारे होटल सञ्चालनमा ल्याउँदै

    987
    Shares
    पोखरेल परिवारको शुभश्री र अग्नी सिमेन्टको बिजनेस सवा ३ अर्ब, चारतारे होटल सञ्चालनमा ल्याउँदै

    काठमाडौं । पोखरेल परिवारले सञ्चालनमा ल्याएको दुई उद्योगको सिमेन्ट व्यापार वार्षिक सवा ३ अर्ब रुपैयाँ छ । व्यवसायी कृष्णप्रसाद पोखरेल र ताराप्रसाद पोखरेलको संयुक्त लगानीमा लगानीमा सञ्चालित शुभश्री अग्नि सिमेन्ट उद्योग लिमिटेड र अग्नि सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले एक वर्षमा ३ अर्ब २५ करोड ८० लाख रुपैयाँ बिजनेस गरेका हुन् ।

    सार्वजनिक वित्तीय विवरणअनुसार शुभश्री अग्नी सिमेन्टको व्यापार गत वर्ष १५ प्रतिशत बढेर २ अर्ब ५५ करोड १० लाख रुपैयाँ पुगेको छ । जसअनुसार सिमेन्ट बिक्रीबाट १ अर्ब ८२ करोड ४० लाख र क्लिङकर बिक्रीको योगदान ७० करोड ३० लाख रुपैयाँ रहेको छ । क्लिङकर बिक्री बढेर गत वर्ष ८१ हजार ८ सय १८ टन पुगेको छ ।

    अघिल्लो वर्ष ५० हजार ७ सय ५० टन बिक्री भएको उद्योगले जनाएको छ । क्लिङकर उद्योग आफैले खपत गर्दै आएको छ । पिपिसी सिमेन्टको व्यापारको व्यागको मूल्य घटेर ३ सय ९२ र २०२२ मा ४ सय ८८ रुपैयाँ थियो । पिपिसी सिमेन्ट मूल्य प्रतिव्याग ४ सय २५ र २०२२ मा ५ सय ६९ रुपैयाँ थियो ।

    सिमेन्ट व्यापारमा सुधार आएपछि आम्दानीमा बढोत्तरी देखिएको हो । शुभश्री अग्नीको २०२२ मा २ अर्ब १६ करोड ५० लाख रुपैयाँ सिमेन्ट व्यापार भएको थियो । २०२१ मा २ अर्ब ४६ करोड ७० लाख रुपैयाँको सिमेन्ट व्यापार गरेको थियो । २०२० मा उद्योगले १ अर्ब ९३ करोड ३० लाख र सन् २०१९ मा २ अर्ब ३२ करोड ९० लाख रुपैयाँ सिमेन्ट बिजनेस गरेको शुभश्रीले जनाएको छ ।

    अहिले सिमेन्टलाई आवश्यक क्लिङकर मुलुकमै उत्पादन भइरहेको छ । प्रमुख कच्चा पदार्थको रूपमा कोइला, चुनढुङ्गा, बक्साइट, रातो माटो र फलामको अयस्क प्रयोग हुन्छ । क्लिङकर उत्पादनमा कोइलाको हिस्सा ३० प्रतिशत हुन्छ । उद्योगले कोइला डलरमा किन्ने गरेको छ । उद्योगले आफ्नो नाममा दुईवटा चुनढुङ्गा खानी छ ।

    उद्योगले खानी विभागबाट दुईवटा खानी सञ्चालनका लागि अनुमति पाएको छ । जसअनुसार प्यूठानमा ८६ लाख टन र दाङमा ४३ लाख टन खानी उत्खनन्को अनुमतिपत्र (लाइसेन्स) पाएको छ ।

    यी दुई खानीबाट उत्खनन हुने कच्चा वस्तुको प्रयोगबाट आउँदो ४६ वर्षसम्म दैनिक १२०० टन सिमेन्ट उत्पादन हुनेछ । उद्योगको अध्यक्षमा कृष्णप्रसाद पोखरेल र प्रबन्ध सञ्चालकमा ताराप्रसाद पोखरेल छन् ।
    आफ्नै चुनढुङ्गा भएकाले खानीले मूल्य निर्धारण, यातायात लागत, समयमै आपूर्ति आदिको सन्दर्भमा शुभश्रीलाई अन्य प्रतिस्पर्धीहरू भन्दा प्रतिस्पर्धात्मक लाभ प्रदान गर्दछ ।

    अहिले नेपालले आफ्नै क्लिंकर उत्पादन गरिरहेको छ र क्लिंकरको आयातमा निर्भरता निकै कम भएको छ । क्लिंकर उत्पादन इकाईहरूले स्ट्यान्डअलोन ग्राइन्डिङमा लागत प्रतिस्पर्धात्मक लाभ थपेका छ ।
    दुबै क्लिंकर र ग्राइडिङ एकाइ इजाजतपत्र प्राप्त चूनढुङ्गा खानी र परिष्कृत क्षमताले व्यापार सम्भावनाहरूको लागि राम्रो संकेत गर्दछ । यो प्लान्ट नेपालको मध्यपश्चिमी भागमा अवस्थित छ । घोराही, तुलसीपुर, कोहलपुर, नेपालगन्ज, बुटवल र भैरहवा आदि छन् ।

    शुभश्री सिमेन्टको स्थापना सन् २०१३ मा भएको हो । सन् २०२२ मा उद्योग पब्लिक लिमिटेडमा रुपान्तरण भएको छ । सन् २०१७ मा उद्योगले क्लिङकर उत्पादन थालेको हो । उद्योगको क्लिङकर उत्पादन क्षमता दैनिक ७ सय टन र सिमेन्ट उत्पादन क्षमता १ हजार २ सय टन रहेको छ । सिमेन्ट उत्पादन गर्ने ग्रन्डिङ युनिट २०१९ देखि सञ्चालनमा आएको हो ।

    यस्तै अग्नि सिमेन्टको बिजनेस ४१ प्रतिशत घटेर ८८ करोड ९७ लाख रुपैयाँमा सिमित भएको छ । बिक्री घटेपछि आम्दानीमा कमी आएको उद्योगले जनाएको छ । यस्तै अग्नीको २०२२ मा १ अर्ब २१ करोड ६० लाख रुपैयाँ सिमेन्ट व्यापार थियो । यस्तै २०२१ मा १ अर्ब ३५ करोड २० लाख रुपैयाँ सिमेन्ट व्यापार गरेको थियो । सन् २०२० मा अग्निले १ अर्ब १३ करोड ५ लाख र २०१९ मा उद्योगको आम्दानी १ अर्ब ९७ करोड २० लाख रुपैयाँ थियो ।

    दुई उद्योगको ऋण ५ अर्ब ४४ करोड ९३ लाख रुपैयाँ छ । शुभश्रीको मात्र ४ अर्ब ५५ करोड ९६ लाख र अग्निको ८८ करोड ९७ लाख रुपैयाँ रहेको छ । अग्निले पीपीसी र ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको । अग्निले आफ्नो ग्राइडिङ युनिटमार्फत सिमेन्ट उत्पादन गर्दै आएको छ । यसको आफ्नै क्लिंकर एकाइ छैन ।

    अग्निले अन्य सिमेन्ट उत्पादकहरुबाट क्लिंकर खरिद गर्ने र भारतबाट स्ल्याग र अन्य कच्चापदार्थ आयात गर्दै आएको छ । मुख्य कच्चा पदार्थका रूपमा क्लिंकर, स्ल्याग, फ्लाइस, जिप्सम कच्चा मालमा कम्पनीको बढी खर्च हुने गरेको छ ।

    २००७ मा स्थापना भएको अग्निले पीपीसी र ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ । उद्योगको सिमेन्ट उत्पादन क्षमता दैनिक ९ सय टन रहेको छ । दैनिक ६ सय टन रहेकामा सन २०१८ पछि ग्रान्डिङको क्षमता बढाएर दैनिक ९ सय टन पुगेको छ । उद्योगको अध्यक्ष कृष्णप्रसाद पोखरेल छन् । ताराप्रसाद पोखरेल उद्योगको प्रबन्ध सञ्चालक रहेका छन् ।

    चारतारे होटल बुद्धस्टारमा अर्को वर्ष चल्ने

    अग्नि र प्यूठान सिमेन्टमा लगानी गरेका पोखरेल परिवारले भैरहवामा तारे होटल निर्माण गरिरहेका छ । अग्नि र शुभश्री अग्नि सिमेन्टका सञ्चालक पोखरेलले १ अर्ब ८९ करोड रुपैयाँ लगानीमा तारे होटल सञ्चालनमा ल्याउन लागेका हुन् । होटलको पूर्वाधार निर्माणको चरणमा रहेकाले आगामी सन् २०२५ मा सञ्चालनमा ल्याउन तयारी गरिएको छ । होटलमा ८० प्रतिशत बैंकबाट ऋण र बाँकी २० प्रतिशत पोखरेल परिवारले स्वपुँजी (इक्विटी) लगानी छ ।

    होटल बुद्धस्टार प्राइभेट लिमिटेडले सञ्चालन गर्ने सो होटलमा १ सय २० वटा कोठा हुनेछन् । यसअघि होटल बनाउन ८७ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको थियो । ७५ प्रतिशत बैंकको ऋण र २५ प्रतिशत स्वपुँजी लगानी रहेको थियो ।

    होटल २०१९ को नोभेम्बरदेखि निर्माण सुरु भएको हो । मूल समयरेखाअनुसार होटल २०२२ को अन्त्य सम्ममा सञ्चालनमा आउने अपेक्षा गरिएको थियो । तर, कोरोना महामारीको प्रकोपपछि होटलको डिजाइन परिवर्तन गरी चारतारे बनाएपछि लागत र समय बढेको हो । होटल गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नजिक अवस्थित छ। यसबाट होटलले व्यवसायिक लाभ लिन सक्ने बताइएको छ । बुद्धस्टार २०१८ को नोभेम्बरमा स्थापना भएको हो।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend