logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • प्रधानमन्त्री ओलीले संसदबाट पाए दुई तिहाइ विश्वासको मत

    प्रधानमन्त्री ओलीले संसदबाट पाए दुई तिहाइ विश्वासको मत

    1.6K
    Shares
    प्रधानमन्त्री ओलीले संसदबाट पाए दुई तिहाइ विश्वासको मत

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आजको बैठकमा प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको छ । प्रधानमन्त्री ओलीद्वारा नेपालको संविधान २०७२ को धारा ७६ को उपधारा (४) बमोजिम प्रतिनिधिसभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १५५ बमोजिम राख्नुभएको प्रस्तावलाई बहुमतले पारित गरेको हो ।

    बैठकमा भएको मतदानको परिणाम घोषणा गर्दै सभामुख देवराज घिमिरेले सभामा तत्काल कायम रहेको सङ्ख्याको बहुमतले सो प्रस्ताव स्वीकृत भएको जानकारी दिए।

    मतदानमा कुल २ सय ६३ सदस्यले भाग लिएकामा प्रधानमन्त्रीले राखेको विश्वासको मतको प्रस्तावका पक्षमा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी एमालेलगायतका राजनीतिक दल सम्वद्ध सांसदको गरी कूल एक सय ८८ मत परेको थियो । यस्तै विपक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) लगायतका दलका गरी ७४ मत परेको छ । प्रधानमन्त्रीले प्राप्त गरेको उक्त मत संसदमा रहेका कूल सदस्यको दुई तिहाइ हो ।

    यस्तै मत दिन्न भन्ने पक्षमा १ मत परेको सभामुख घिमिरेले जानकारी दिए ।

    नेपाली कांग्रेस र नेकपा एमालेका अतिरित्त संसद्का तीन साना दल जनमत पार्टी, जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुत्ति पार्टी र स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सरकारलाई विश्वासको मत दिएका छन् ।

    नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकिकृत समाजवादी, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र स्वतन्त्र सांसद प्रभु शाहले विपक्षमा मतदान गरेका थिए । मत दिन्न भन्ने पक्षमा नेपाल मजदुर किसान पार्टी उभिएको थियो ।

    साना दलहरुले नेपालले मुलुकका विद्यमान समस्या समाधान गर्ने र राजनीतिक स्थिरता कायम गर्ने सर्तमा नयाँ सरकारलाई समर्थन गर्ने बताएका छन् ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend