logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • संविधानको पुनर्लेखन, संशोधन, परिमार्जन आवश्यक छ : अध्यक्ष यादव

    संविधानको पुनर्लेखन, संशोधन, परिमार्जन आवश्यक छ : अध्यक्ष यादव

    616
    Shares
    संविधानको पुनर्लेखन, संशोधन, परिमार्जन आवश्यक छ : अध्यक्ष यादव

    काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानको पुनःलेखन, संशोधन, परिमार्जन आवश्यक रहेको बताएका छन् । आइतबार प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा मतदान गर्ने जानकारी गराउँदै उनले यस्तो बताएका हुन् ।

    उनले अहिले मुलुकको राजनीतिक अवस्था जटिल मोडमा पुगेको पनि बताए । उनले संविधान घोषणा भएको समयमा मेचीदेखी महाकालीसम्म जनताले कालो दिवस मनाएको भन्दै जनतामाथि गोली वर्षाएर, जनता मारेर घाषणा गरिएको संविधान पूर्ण नरहेको बताए ।

    उनले तीन सय भन्दा बढी संशोधन प्रश्तुत भएपनि संशोधन नै नगरी घोषणा गरिएको बताए । उनले शासकीय स्वरुप, निर्वाचन प्रणाली, न्याय प्रणाली, प्रादेशिक संरचना र क्षेत्राधिकारहरुका विषयमा संविधान संशोधनको आवश्यकता रहेको बताए । अध्यक्ष यादवले संविधान संशोधन सार्थक रुपले अघि बढ्न आवश्यक रहेको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend