मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

विश्वासको मत पाएपछि प्रधानमन्त्रीले दिए सबै सांसदहरुलाई धन्यवाद

विश्वासको मत पाएपछि प्रधानमन्त्रीले दिए सबै सांसदहरुलाई धन्यवाद

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई संसदबाट विश्वासको मत प्राप्त भएकोमा सांसदहरुलाई धन्यवाद दिएका छन् । उनले आज सामाजिक सञ्जालमा स्टाटस लेख्दै विश्वासको मत दिएकोमा सबै सांसदहरुलाई धन्यवाद व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री ओलीले सांसदहरुको विश्वासलाई आफ्नो बुद्धि, विवेक र क्षमताले भ्याएसम्म सदूपयोग गर्ने बताएका छन् ।

आज प्रधानमन्त्रीलाई १८८ जना सांसदले विश्वासको मत दिएका थिए । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा दुई तिहाइ सांसदको समर्थन पाएका हुन् ।

प्रतिनिधिसभाका २७५ सदस्यमध्ये आइतबार ओलीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा १८८ सांसदले मतदान गरे । विपक्षमा ७४ मत पर्‍यो भने एक मत तटस्थ रह्यो । संसदमा आइतबार २६३ जना उपस्थित थिए ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend