logo

२०८१ असोज २२ मंगलबार

logo
  • मंगलबार, २२ असोज २०८१
  • सिभिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभका ऋणीलाई ऋण तिर्न समितिको ३५ दिने ‘अल्टिमेटम’

    सिभिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभका ऋणीलाई ऋण तिर्न समितिको ३५ दिने ‘अल्टिमेटम’

    357
    Shares
    सिभिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभका ऋणीलाई ऋण तिर्न समितिको ३५ दिने ‘अल्टिमेटम’

    काठमाडौँ । समस्याग्रस्त घोषित सिभिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका ऋणीहरूलाई कर्जा तिर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ३५ दिन समय दिएको छ ।

    समितिले ३५ दिन भित्र ऋण तिर्न आउन सहकारीका ऋणीलाई अल्टिमेटम दिएको हो । बागमती प्रदेश सरकारको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयद्वारा गठित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सोमबार सूचना जारी गर्दै ऋणीहरूलाई ऋण तिर्न आउने भनेको छ ।

    ‘बागमती प्रदेश सरकार संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयबाट प्रदेश सहकारी ऐन २०७६ को दफा ८१ बमोजिम समस्याग्रस्त घोषित सहकारी संस्थाका ऋणीहरूले सो संस्थाबाट उपभोग गरेको ऋण कर्जा रकमको सावाँ ब्यज यो सूचना प्रकाशित गरिएको मितिले ३५ दिनभित्र आफूले उपभोग गरेको ऋण कर्जाको सावाँ तथा व्याज तपसिलमा उल्लेखित बैंक खातामा जम्मा गरि सोको भौचर यस समितिको कार्यालयमा पेस गरि कर्जा राफसाफ गर्नु हुन सूचित गरिन्छ,’ सूचनामा भनिएको छ ।

    सो समयभित्र आफूले उपभोग गरेको ऋण कर्जाको दायित्व राफसाफ नगरे कानुनी कारबाही गर्ने जनाएको छ ।

    प्रदेश सहकारी ऐन, २०७६ को दफा ९२ को उपदफा (१) खण्ड (क), (ख) र (ग) बमोजिम कुनै बैंक वा वित्तीय संस्थामा भएको आर्थिक कारोबार वा खाता वा अन्य चल अचल सम्पत्ति रोक्का राख्ने, राहदानी रोक्का राख्ने र कालो सूचीमा राखी कारबाही हुने समेत जानकारी गराइएको छ ।

    सहकारीलाई गत भदौ २१ को वाग्मती प्रदेश मन्त्रीस्तरीय निर्णयले समस्याग्रस्त घोषणा गरेको थियो ।

    कम्पनीका सञ्चालकहरुको बचतकर्ताको ७ अर्ब रुपैयाँ भन्दा बढी रकम अपचलन गरेका छन् ।

    सहकारीका संस्थापक अध्यक्ष इच्छाराज तामाङ र उनको परिवारले यस सहकारीबाट अस्वभाविक ऋण लिएर विभिन्न कम्पनी खडा गरी घरजग्गामा लगानी गरेको थिए ।

    इच्छाराज तामाङ सिभिल सहकारीबाटै ऋण लिएर सिभिल होम्स लगायत विभिन्न बचतकर्ताको रकम अपचलन गरेका छन् ।
    सहकारी ठगी र सम्पित्ति सुद्धिकरण मुद्धामा अध्यक्ष तामाङ र उनका श्रीमति राधिका अहिले जेलमा छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend