
काठमाडौ । नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले बर्षात सुरु भएसँगै रुकुम पश्चिम लगायत देशभरको जनजीवन प्रभावित भएकाले सरकारले त्यस्ता स्थान पहिचान गरी राहत, उद्धार तथा पुनर्स्थापना गर्न सरकारसँग माग गरेका छन्
शर्माले रुकुमपश्चिममा दुई हजार ६ सय ९० घर अत्यन्त जोखिममा परेको बताए । सोमबार प्रतिनिधि सभामा आकस्मिक समय लिएर बोल्दै उनले यस वर्षको मनसुनले ४८ परिवार विस्थापत भइसकेको बताए ।
दुई हजार ६ सय ९० घर अत्यन्त जोखिममा परेको र स्थानान्ततरण गर्नुपर्ने अवस्थामा रहेको भन्दै सरकारको ध्यानाकर्षण गरे ।
उनका अनुसार आठबिसकोट नगरपालिकाका वडा नम्बर १२, ११ र ९ मा ४५ घर विस्थापित भइसकेका छन् । उक्त नगरपालिकामा १५ सय ६० परिवार अत्यन्त जोखिममा रहेका छन् ।
सानीभेरीमा एक हजार २६ हजार अत्यन्त जोखिमा रहेका छन् । बासिकोटमा ३ घर विस्थापत भइसको छन् भने ५४ घर सार्नै पर्ने अवस्थामा छन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend