logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • समुन्द्रमा नेपाली पानीजहाज चलाउने ऐन संसदमा पुगेको छ : प्रधानमन्त्री ओली

    समुन्द्रमा नेपाली पानीजहाज चलाउने ऐन संसदमा पुगेको छ : प्रधानमन्त्री ओली

    658
    Shares
    समुन्द्रमा नेपाली पानीजहाज चलाउने ऐन संसदमा पुगेको छ : प्रधानमन्त्री ओली

    काठमाडौं । सरकारले समुन्द्रमा नेपाली पानीजहाज चलाउने योजना फेरी कार्यान्वयन गर्न लागेको छ । समुन्द्रमा जहाज चलाउन पानीजहाज ऐन संसदमा पेश गर्न मन्त्रिपरिषदले स्वीकृति प्रदान गरेको छ ।

    पानी जहाज ऐन संसदमा पेश हुन लागेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताए । व्यवसायी तथा नेकपा एमालेका सांसद देविप्रकाश भट्टचनले गरेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले पानीजहाज विधेयक संघीय संसदमा पेश हुने जानकारी दिए ।

    प्रधानमन्त्री ओलीको दोस्रो कार्यकालमा पानी जहाज चलाउने योजना आएको हो । तर, पछिल्ला सरकारले ध्यान नदिँदा यो योजना अघि बढ्न सकेको थिएन् । ओली प्रधानमन्त्री कालमा पानीजहाज चलाउने योजना अघि बढ्ने संभावना बढेको छ । संसदबाट ऐन पारित भएपछि प्रक्रिया अघि बढाउने तयारी सरकारको छ ।

    यस्तै सांसद भट्टचनको अर्को प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री ओलीले ८ सय ८० मेगावाटको उत्तरगंगा जलासय आयोजना ४ वर्षपछि निर्माण सुरु हुने जानकारी दिए । उनले अहिले आयोजनाको एनइए इन्जिनियरिङ कम्पनी लिमिटेडबाट विस्तृत संभाव्यता अध्ययनको काम भइरहेको बताए ।

    आयोजना बनाउन उत्तरगंगा पावर कम्पनी लिमिटेड स्थापना भएको प्रधानमन्त्री ओलीले सुनाए । जग्गा अधिग्रहको प्रक्रिया अघि बढेको, विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) लिनका लागि विद्युत विकास विभागमा दरखास्त दिएको प्रधानमन्त्री ओलीले जानकारी गराए ।

    यो पनि :

    केपी ओली पर्खिरहेको पानीजहाज

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend